हाम्रो समय

होलीमा फुटबल प्रतियोगिता



प्रकाशित मिति: , March 06, 2015

बाजुरा, फागुन २२– बडिमालिका नगरपालिका कर्मचारी मिलन केन्द्र बाजुराले बिहीवार होलीको अवसरमा फुटबल प्रतियोगिता गरिएको केन्द्रका अध्यक्ष राजु क्षेत्रीले बताए ।
उनले कर्मचारी मिलन केन्द्र विगत केही वर्षदेखि बन्द भएको भएपनि अहिले आएर निरन्तरता दिनका लागि होलीको अवसरमा फुटवल आयोजना गरिएको बताए । होलीको अवसरमा नेपाल पत्रकार महासंघ बाजुरा रकर्मचारी मिलन केन्द्रबीच खेल भएको बताए ।
जिल्ला न्यायधीश माननिय एवं मिलन केन्द्र प्रमुख संरक्षक डा. राजेन्द्र कुमार आचार्यलेले सिट्टी बजाएर र प्रमुख जिल्ला अधिकारी धनप्रसाद शर्मा पौडेलेले फुटबल हानी प्रतियोगिता उद्घाटन गरिएको कर्मचारी मिलन केन्द्रका सचिव एवं सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेले बताए ।
होलीको अवसरमा महासंघ र कर्मचारी मिलन केन्द्रबीच भएको फुटबल प्रतियोगितामा नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले ३ का विरुद्ध शुन्यले पराजित भएको पाण्डेले बताए । पलिो खेलको पाँच मिनेटमा कर्मचारी मिलन केन्द्रका खेलाडी खुमबहादर खालिङराइले हानेका थिए ।
यस्तै दोस्रो खेलको ३० औ मिनेटमा अर्का खेलाडी रमेश पाण्डेले गोल गरेका हुन्, भने फ्रि किकमा भने ज्ञानेन्द्र दवाडीले खेल समय सकिन लागेका् बेलामा गोल हानेका थिए ।
होलीको शुभकामना अदान प्रदान तथा फुटवल प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै प्रमुख संरक्षक आचार्यले बाजुराबासीको सुख शान्ति समृद्धीको कामना संगैजिल्लाका सरकारी तथा गैरसरकारी कायालयका प्रमुखलाइ शुभकामना दिदै देशमा संविधान बने जनतालाइ न्यायको महसुस हुने बताए ।
उनले कर्मचारीहरुले जनताको काम सहज र सजिलो गर्न निरन्तर रुपमा लाग्न तत्पर हुनुपर्ने बताए । शुभकामना आदान प्रदान आचार्यले कर्मचारी मिलन केन्द्रका अध्यक्ष राजु श्रेत्रीलाइ अविर लगाइ शुभकामना दिएका थिए ।
यस्तै प्रमुख जिल्ला अधिकारी तथा कर्मचारी मिलन केन्द्रका सल्लाहकार धनप्रससाद शर्मा पौडेलले पनि कर्मचारी मिलन क्न्द्रका कार्यसमितिलाइ अविर लगाइ शुभकामना दिएका हुन् ।
कार्यक्रममा स्थानिय विकास अधिकारी युवराज पौडेल प्रहरी निरिक्षक अमर गोपाल श्रेष्ठ देवीवक्सका गुल्मपति श्रीजन बहादुर मल्ल सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधी लगायत नागरिक समाज पत्रकार बुद्धीजीवीको सहभागिता रहेको अध्यक्ष श्रेत्रीले बताए ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook