नयाँ गभर्नरद्वारा सपथ तथा पदभार प्रहण
| २०७१ चैत्र ८ आईतवार
काठमाडौं: नेपाल राष्ट्र बैंकमा नियुक्त भएका नवनियुक्त गभर्नर डा. चीरञ्जीवी नेपालले पद तथा गोपनियताको सपथ लिएका छन्।

सपथपछि डा. नेपालले राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गरेका छन्।उनलाई प्रधानमन्त्रीको कार्यालयले आजै गभर्नर नियुक्त गरिएको चिठ्ठी राष्ट्र बैंकलाई उपलब्ध गराएको थियो।
डा. नेपाललाई विहीबार सरकारले पाँच वर्ष कार्यकालका लागि राष्ट्र बैंकको गभर्नर पदमा नियुक्त गरेको थियो।
0 comments
प्रतिक्रिया दिनुश
Facebook