बोको हरामद्वारा ५ सय बालबालिका अपहरित
एजेन्सी |
२०७१ चैत्र १२ बिहीवार
एजेन्सी : पूर्वोत्तर नाइजेरियाको दामास्क शहरबाट आतंकवादी संगठन बोको हरामले मंगलबार ५ सय बालबालिकाको अपहरण गरेको छ । बीबीसीका अनुसार बोकोहरामले अपहरण गरेका सबै बालबालिका ११ वर्षभन्दा कम उमेरका छन् । नाइजेरियाको यो सहर पहिले बोको हरामको कब्जामा थियो ।
'अभिभावकले मदरसा दिएका बालबालिकालार्इ उनीहरु १६ देखि २५ वर्षको भएपछि बोको हरमाले आफ्नो संगठनमा भर्ती गरेका हुन्', उनले भने, 'आफ्नो आतंकवादी गतिविधिमा प्रयोग गर्न उनीहरुलार्इ सैन्य प्रशिक्षण समेत दिन थालेका छन् ।'
अप्रिल २०१४ मा २ सय युवतीको अपहरण गरेको घटनामा विश्वभरबाट बोको हरामको आलोचना भएको थियो । आतंकवादी संगठनले ती युवतीलार्इ नाइजेरियाको बोर्नो प्रान्तस्थित चिबोक शहरको एक स्कुलबाट अपहरण गरिएको थियो ।
अघिल्लो हप्तामात्रै दामास्कमा एक पुलमुनि ७० बढी मानिसको शव भेटिएको थियो । उनीहरुको पनि बोको हरामले नै हत्या गरेको अनुमान गरिएको छ । बोको हरामले हालै सार्वजनिक रूपमा अन्तर्राष्ट्रिय आतंकवादी गुट आईएसआईएसको समर्थन गर्ने घोषणा गरेको थियो ।
सन २००९ बाट बोको हरामको गतिविधि शुरु भएको हो । यस क्रममा उसले नाइजेरियाको विभिन्न क्षेत्रमा गोलाबारी, बम विस्फोट र हिंश्रक गतिविधि जारी राखेको छ । बोको हरामका कारण हालसम्म १३ हजार मानिस मारिइसकेका छन् ।भने १५ लाख मानिस पलायन भएका छन् ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook