हाम्रो समय

सारङकोटमा यात्रुबाहक बस दुर्घटना, ३१ घाइते


२०७१ फागुन २२ गते १०:५५  मा प्रकाशित
२२ फागुन, कास्की । कास्कीको सारङकोटमा यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परी ३१ जना यात्रु घाइते भएका छन् ।
घाइते यात्रुको उद्दार गरी पोखराका विभिन्न अस्पतालमा पठाइएको वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक अम्मरबहादुर थापाले अनलाइनखबरलाई जानकारी दिए । घाइतेहरुको अवस्था सामान्य रहेको थापाले बताए ।
दुर्घटनाको कारण भने खुल्न सकेको छैन् । कास्कीको गुन्टेचौरबाट पोखारा आउँदै गरेको बस सडकबाट तल खसेको थियो ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook