हाम्रो समय

क्यान्सरबाट बच्न एन्जेलिनाको अर्को अप्रेसन



मङ्गलबार १० चैत्र, २०७१
एजेन्सी

क्यान्सरबाट बच्न एन्जेलिनाको अर्को अप्रेसन
न्युयोर्क-स्तन क्यान्सरबाट बच्नको लागि पहिलेनै दुवै स्तन काटेर फ्याँकेकी (डवल म्यास्टेक्टोमी) हलिउड अभिनेत्री एन्जेलिना जोलीले फेरी सल्यक्रिया गराएकी छन्। क्यान्सरको खतरा टार्नकोलागि उनले पुन: अप्रेसन गराएकी हुन्। न्यूयोर्क टाइम्समा लेख लेख्दै उनले क्यान्सरको खतरा कम गर्नको लागि अन्डासय र फेलोपियन ट्युव निकालिदिएको बताएकी छन्।



जोलीका अनुसार रगत परीक्षणामा क्यान्सरका लक्षण निकै बढेको अवस्थामा देखिए पछि यसो गरिएको हो।
दुई बर्ष पहिला ३९ बर्षकी जोलीले आफ्नो शरीरमा बीआरसीए१ जीन रहेको थाहा पाएकी थिइन्। यो जीनले स्तन र पाठेघरको क्यान्सरको जोखिमलाई उच्च बनाउँछ।
उनकी आमाको मृत्यु पनि पाठेघरको क्यान्सरका कारण भएको थियो। यसले जोलीमा क्यानसरको अनुवांशिक खतरा रहेको पुष्ट्रि गर्छ। यसबाट बच्नको लागि उनले आफ्नै दुबै स्तन हटाएकी थिइन्।

0 comments

प्रतिक्रिया दिनुश

Facebook