पाँचतारे होटलमा बाख्रा पालनको सेमिनार: अंग्रेजी नबुझेर किसान अक्क नवक्क

Posted: Saturday, Mar 21, 2015 13:44 PM
अर्जुन पोख्रेल/उज्यालो । काठमाडौं, चैत ७ - काठमाडौंको एक पाँचतारे होटलको निकै आकर्षक ढंगले सजाइएको हलमा बाख्रा पालन सम्बन्धी गोष्ठी भएको छ ।
कार्यक्रममा नेपालका विभिन्न जिल्लामा सानोतिनो लगानी गरेर बाख्रा पाल्ने किसान र किसानलाई बाख्रापालनमा सहयोग गर्ने दातृ निकायका प्रतिनिधिको पनि सहभागिता थियो ।
कार्यक्रमका धेरै सहभागी गाउँबाट आएका र अंग्रेजी भाषा तथा आधुनिक प्रविधीमा पहुँच नभएका किसान थिए । तर सेमिनार भने ठूलाठूला पोजेक्टर अनि अंग्रेजी भाषामा सञ्चालन गरियो ।गाउँमा टेलिभिजको पर्दा मुश्किलले हेर्न पाउने किसानले प्रोजेक्टरका स्लाइड हेरेर निकै अक्क बक्क परे । त्यसमाथि अंग्रेजी भाषा नबुझ्ने बोझ त छँदैछ ।
यही चैत ४ र५ गते नेपाल कृ षि अनुसन्धान परिषद् नार्क , हेफर इन्टरनेश्नलले काठमाडौंमा बाख्रापालनमा किसानलाई परेको समस्या रसमाधानका उपायबारे गोष्ठी गरेका थिए । निकै तामझामका साथकृ षि मन्त्रीलाई ल्याएर कार्यक्रमको उद्घाटन गरियो । गाउँका किसानलाई अलि अनौठो लाग्ने गरि आयोजना गरिएको गोष्ठीबाट धेरै किसान भने असन्तुष्टदेखिन्थे ।
वर्ष दिनको छोरो काखी च्यापेर गोष्ठीमा भाग लिन बर्दियाबाट आएकी गंगा साहले भन्नुभयो ‘म त गोष्ठीमा भाग लिएपछि बाख्रापालनमा के ही प्रगती गर्छु भन्ने लागेको थियो तर गोष्ठीमा प्रयोग हुने भाषा रप्रविधीले झन वक्क न बक्कपो परेँ । बच्चालाई दुध चुसाउदै उहाँले भन्नुभयो, ‘यो त शहरका जान्ने बुझ्नेहरुलाई मात्र लक्षित गरेजस्तो लाग्यो तर वास्तविक बाख्रा पाल्ने त हामी हो नि ।’
गाउँका किसानसँग जोडिएका समस्या शहरका तारे होटलमा उठाएर समाधान हुँदैन भन्ने धेरै किसानको भनाइ छ । ‘शहरमा धेरै खर्च गरेर दुई दिन यस्तो सेमिनार गर्नुभन्दा गाउँमा धेरै दिनसम्म सिकाई लक्षित तालिम दिए मात्र किसानलाई लाभ हुने हुने थियो’ नवलपरासीका गिरीप्रसाद सारुले भन्नुभयो, ‘अरु कुरा त के भन्नु पाँचतारे होटलमा खाना खाने र चर्पि प्रयोग गर्ने तरिका थाहा नभएर पनि हामी हैरान भएको छौं ।’
गाउँमा हुने व्यवहारिक सिकाइबाट मात्र के ही कुरा सिक्ने बानी परेको सोझा किसानलाई तारे होटलमा निकै खर्च गरेर आयोजना गरिने यस्ता गोष्ठीले के ही राहत दिंदैन । गोष्ठीमा सहभागी दाङ्गका किसान कुलबहादुर घर्तीले दुखेको पोख्नुभयो ‘यो त किसानको आँखामा छारो हाल्ने काम मात्र भयो, गाउँमा बाख्रो बिरामी भएर डाक्टरलाई बोलायो भने डाक्टर घरमा आउँदासम्म बाख्रा मरिसकेको हुन्छ शहरमा चाहिँ हामीले किसानलाई फलानो फलानो सहयोग दियौं भनेर कुर्लिन्छन् ।’
नेपालमा उत्पादन हुने कु ल मासुको २० प्रतिशत हिस्सा बाख्राबाट उत्पादन हुन्छ । तर बाख्रापालनले अझैपनि व्यवसायिक रुप लिन सकेको छैन । जसले गर्दा बाख्राको उत्पादकत्वमा यथेष्ट मात्रामा वृद्धि हुन सके को छैन ।
बाख्रा पाल्ने किसानका समस्या समाधान गर्न सरकारले ध्यान नदिएको गतिलो उदाहरण हो कृ षि प्रधान देशमा बर्षेनी ५ लाख खसि बोका र च्याङग्रा विदेशबाट आयात हुनु । जसले गर्दा बर्षेनी करोडौं रुपैया विदेशिएको छ । एक त नेपालमा बाख्रापालन पेशाले व्यावसायिकरुप लिइसके को छैन । त्यसमाथिनेपालमा उत्पादित खसीबोका माथियहाँका व्यापारीले नै विश्वास गर्दैनन । कारण नेपाली खसीबोकाको हुर्काइ बढाइको तरिका मिल्दैन र मासुमा स्वाद नै आउँदैन ।
कलंकी खसिबजारका जीवन खतिवडा भन्दैहुनुहुन्थ्यो ‘नेपाली खसिबोकाको मासु भारतबाट ल्याइएका खसिबोकाको मासुभन्दा २/४ सिठ्ठी बढि लगाउनुपर्छ यसैले पुष्टी गर्छ हामीले खसिबोका कसरी हुर्काइरहेका छौं त ?’
छिट्टै राम्रो प्रतिफल दिन सक्ने च्यांग्रा, सिन्हाल, खरी, तराई जमुनापारी, वारवेरी तथा वोयरलगायतका उन्नत जातका बाख्रापालनमा सरकारले किसानलाई प्रोत्साहित गर्ने हो भने विदेशबाट आयात हुने खसिबोकाको संख्या घटाउन सकिन्छ ।

0 comments
प्रतिक्रिया दिनुश
Facebook