हाम्रो समय

स्विस बैंकमा पैसा राख्ने नेपाली को को ?


11:09 PM  
काठमाण्डु, १३ चैत – 
अवैध रुपमा सम्पत्ति आर्जन गरी स्विस बैंकमा लुकाएर राख्ने नेपाली सरकारको सम्पर्कमा आउन थालेका छन् ।  सम्पत्ति शुद्धिकरण तथा अनुसन्धान विभागले छानबिन सुरुलगत्तै उनीहरु  सम्पर्कमा आउन थालेका हुन् । व्यवस्थापिका संसद्को अर्थ समितिले स्विस बैंकमा सम्पत्ति लुकाएर राख्ने नेपालीको छानबिन गर्न निर्देशन दिएपछि सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान तथा अनुसन्धान विभागले यस विषयमा छाबिन सुरु गरेको थियो । विभागले छानबिन सुरु गरेको थियो । विभागले छानबिन सुरु गरेपछि स्विस बैंकमा लगेर पैसा राख्ने नेपालीहरु सम्पर्कमा आउने क्रम सुरु भइसकेको विभागका महानिर्देशक केवलप्रसाद भण्डारीले जानकारी दिए । स्विस बैंकमा पैसा राखेको चर्चामा आए पनि सम्पर्कमा आइनसकेका अन्य ६ जनाबारे अनुसनधन भइरहेको र छिट्टै त्यसके यथार्थ जानकारी पत्ता लाग्ने उनले बताए । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी एकाइ स्रोतअनुसार सम्पर्कमा आउनेमा उद्यमी व्यापारीको संख्या बढी छ ।नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी एकाइ स्रोतअनुसार सम्पर्कमा आउनेमा उद्यमी व्यापारीको संख्या बढी छ । त्यसमा चर्चित उद्योगपतिसमेत रहेको स्रोतले बतायो ।   यसअघि स्विस बैंकमा नेपालीको ५ अर्ब ४० करोड रुपैयाँ (५४ मिलियन अमेरिकी डलर) सम्पत्ति रहेको विवरण सार्वजनिक भएको थियो ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook