कक्षा ८ मा संचालन हुने जिल्ला स्तरीय परिक्षा आज बाट सुरु,
यस वर्षको जिल्ला स्तरीय परिक्षा आज देखी सुरु भएको छ । आज पहिलो दीन नेपाली विषयको परिक्षा सम्पन्न भएको बताईएको छ । जिल्ला स्तरीय परिक्षामा जिल्ला भरका १ सय ३ विद्यालयका ३ हजार ३ सय ७० जना विद्यार्थि सहभागी रहेको बताईएको छ । जिल्ला स्तरीय परिक्षामा सहभागी हुनेमा छात्रको तुलनामा छात्राको संख्या बढी रहेको छ । यस वर्षको जिल्ला स्तरीय परीक्षामा १ हजार ७ सय १४ छात्रा सहभागी भएका छन् भने १ हजार ६ सय ५६ छात्र परिक्षामा सहभागी भएको जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले जानकारी दिनुभएको छ । जिल्ला स्तरीय परिक्षा संचालनका लागी आवश्यक पर्ने प्रश्न पत्र तथा उत्तरपुस्तीका सबै विद्यालयमा पुगार्ई सकिएको बताईएको छ । जिल्ला स्तरीय परिक्षा चैत्र १८ गते सम्म संचालन हुने भएको छ ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook