डा. केसीको स्वास्थ्य स्थिति झनै खराब (फोटो फिचर)
25 Mar 2015 | 15:12pm
बुधबार ११ चैत्र, २०७१
अनसन बसेका डा.गोविन्द केसी। तस्विरः केशव थोकररिवि शिक्षण अस्पतालमा अनसन बसेका डा.गोविन्द केसी
काठमाडौं- चार दिनदेखि आमरन अनशनमा बसेका डाक्टर गोविन्द केसीको स्वास्थ्य स्थिति झनै खराब भएको छ। उनको पिसाबमा अघिल्लो तीन दिनदेखि नै 'केटोन' (चिल्लो पदार्थलाई फुटाएर ऊर्जा दिलाउन मद्दत गर्ने) देखिएको छ। केसीको ब्लड प्रेसर पनि घट्दै गएको डाक्टर दिब्या सिंह शाहले बताइन्।
यसपाली डा. केसी छिट्टै गलेको डाक्टर शाहले बताइन्। उनका अनुसार डा. केसीलाई नर्मल सलाइनमात्र दिइएको छ। केसीले मुखबाट केही लिन नमानेको उनले बताइन्।
मंगलबार नागरिकन्युजसँगको कुराकानीमा उनले दृढताका साथ आफू नझुक्ने बताएका थिए। 'नागरिकले तिरेको करबाट तलब खाने सरकारी अधिकारी र संविधान निर्माण गर्न गएका सभासद्समेत जनस्वास्थ्यमा खेलबाड गर्नतिर लागेपछि आफू अनसनमा जान बाध्य भएको हुँ। यो आन्दोलनमा म झुक्नेवाला छैन,' उनले बताएका थिए। उनीसँगको अन्तर्वार्ता पढ्नुस्।


0 comments
प्रतिक्रिया दिनुश
Facebook