‘मेरी बास्सै’मा 'मुन्द्रे'को 'इन्ट्री' !
नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको चर्चित हाँस्य टेलिश्रृखंला ‘मेरी बास्सै’मा हाल बन्द रहेको अर्को टेलिश्रृखंला ‘जिरे खोर्सानी’का लोकप्रिय कलाकार जितु नेपाल ‘मुन्द्रे’ले अभिनय गर्ने भएका छन्। श्रृखंलाका निर्देशक सिताराम कट्टेलका अनुसार जितु नेपाल ‘मुन्द्रे’ले एक भागमा अभिनय गर्नेछन। उनले भने 'उहाँ मेरो गुरु पनि हो। पहिला उहाँले मलाई एक्सन कट गर्नु भाको थियो। अहिले त्यो मौका मैले पाँए।’
‘मेरी बास्सै’को सुटिङ्मा व्यस्त रहेका सितारामले मुन्द्रे धुर्मुसेको गाँऊ आउने विषयमा कथा घुम्ने बताएका छन। उक्त श्रृखंलामा जितु ‘मुन्द्रे’ बनेर नै अभिनय गर्नेछन। नेपालीहरुको नयाँ वर्षको अवसरमा अमेरिकामा हुने एक सहयोगात्मक कार्यक्रममा सहभागी हुन उनी अमेरिका जान लागेका हुन। उनले सोही अवधीका लागि जितुलाई सम्मिलित गराएर ‘स्टक’ कार्यक्रम खिचेका हुन्।
‘मेरी बास्सै’मा मुन्द्रे प्रवेश रोचक हुने अनुमान गरिएको छ। जितुको कार्यक्रम ‘जीरे खोर्सानी’ को निर्माण गर्नका लागि नेपाल टेलिभिजनको समय किनेको विज्ञापन एजेन्सीले बैंकको झुटो विवरण र कागजात पेश गरेको भेटिएपछि ‘जिरे खुर्सानी’को प्रसारण रोकिएको छ। ‘जिरे खोर्सानी’सँगै सितारामको भाइ संलग्न भएको अर्को हाँस्य टेलिश्रृखंला ‘भद्रगोल’ पनि रोकिएको छ
0 comments
प्रतिक्रिया दिनुश
Facebook