२० प्रतिशत डाउन पेमेन्टमै बजाज बाइक
काठमाडौं, चैत १०
बजाज मोटर साइकलले कुनै पनि बजाज ब्राण्डको बाइक खरिदमा २० प्रतिशत सजिलो डाउन पेमेन्ट योजना ल्याएको छ।
आधिकारीक वितरक एच.एच. बजाजले देशभरिका ग्राहकहरुलाई लक्षित गरी यस्तो योजना ल्याएको हो।

यो योजना अन्तरगत ग्राहकले ३० महिनाको किस्ताबन्धी सुविधा पाउने कम्पनीने जनाएको छ। साथै ग्राहकहरुको सजिलोका लागि फाइनान्सिङ्ग सुविधा बाइक खरिद गरेको सोरुममै उपलब्ध गराइने बताएको छ।
यो योजना उपत्यका भित्रका अधिकारीक बजाजको सोरुमहरुमा उपलब्ध छ। साथै पूर्वका इटहरी, गाईघाट, लाहान, कटारी र मिर्चैयाको बजाज सोरुममा, मध्य अञ्चलका लागि जलेश्वर, वर्दिवास, लालबन्दी, मलङ्गवा, चन्द्रनिगाहपुर र हेटौंडाको बजाज सोरुममा, पश्चिम अञ्चलका लागि पोखरा, भैरहवा र बुटवलको बजाज सोरुममा, मध्य पश्चिम अञ्चलका लागि नेपालगञ्ज र सुदूर पश्चिम अञ्चलका लागि टीकापुरमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook