हाम्रो समय

खुकुरी प्रहार गरि फरार भएका अभियुक्त पक्राउ



प्रकाशित मिति: 11:36:30 am, March 22, 2015

rolpa map all vdc
रोल्पा, चैत ८– खुकुरी प्रहार गरि फरार एक व्यक्तिलाई रोल्पा प्रहरीले पक्राउ गरेको छ । सिर्प–१ निवासी १५ वर्षीय साउनी पुनलाई आफ्नै गोठमा सुतिरहेको अवस्थामा गत मंगलबार राती ९ बजे खुकुरी प्रहार गरिएको थियो ।
घटनामा संलग्न सिर्पकै बेलौरी गाउँका ४८ वर्षीय गोठे सार्कीलाई घटनामा प्रयोग गरिएको १ थान चक्कुसहित बिहिबार पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक रमेश थापाले जानकारी दिए । सार्कीलाई शनिबार नै ज्यानमार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।
खुकुरी प्रहारबाट घाइते पुनको बाँया मुखदेखि कानसम्म ८ टाँका लगाइएको प्रहरीले जनाएको छ ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook