नेपालको स्वाइन फ्लुको आयु किन बढ्यो ?
14 April 2015
नेपालमा देखिएको स्वाइन फ्लु भाइरसको उमेर पहिले भन्दा बढ्दै गएको विशेषज्ञ चिकित्सकहरुको भनाई छ ।

एक पटक स्वाइन फ्लु लागेका विरामीमा संक्रमण अवधि बढ्दै जानु र तीन महिनादेखि देखापरेको स्वाइन फ्लु गर्मी मौसम लागेपछि पनि लगातार देखिनुले यसको आयु बढेको आशंका गरिएको हो ।
पहिलो एकडेढ हप्तामै बिरामी सामान्य अवस्थामा र्फकन्थे, अहिले एक महिनासम्म पूरा निको हुन सकेका छैनन् । शुक्रवार ट्रपिकल तथा सरुवा रोग अस्पताल, अनुसन्धान केन्द्रका डाक्टर शेरबहादुर पुनले बताउँनुभयो । उहाँका अनुसार गत वर्षहरुमा स्वाइन फ्लु देखिए पनि छोटो अवधिमै हराएर जाने गरेकोमा यो वर्ष तीन महिनासम्म हराएको छैन ।
उहाँले अस्पतालमा एक पटक औषधि लिएर गएका विरामीसमेत पन्ध्रबीस दिनपछि निको भएन भन्दै आउने गरेको बताउँनुभयो ।
अस्पतालको बहिरंग विभागमा दैनिक आउने एक सय ५० मध्ये ८० प्रतिशत स्वाइन फ्लु तथा कुनै न कुनै फ्लुको लक्षण भएका आउने गरेको उहााको भनाई छ ।
यसरी आउने विरामीलाई राष्ट्रिय इनफ्लुयन्जा प्रयोगशालामा पठाउने गरिए पनि निश्चित मापनका आधारमा मात्र परीक्षण हुने हुनाले परीक्षण प्रक्रियासमेत फितलो बनेको डा। पुनले बताउँनुभयो ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook