भारतका भिखारी जसको आम्दानी मूख्यमन्त्रीका भन्दा बढी
प्रकाशित मिति: 3:48:13 pm, April 01, 2015
एजेन्सी / मुम्बई,
भिखारी भन्ने बित्तिकै मानिसको मनमा केही हुँदैन होला भन्ने सोच आउँछ । यत्ति मात्रै होइन् भिखारीको जीवनशैली निकै तल्लो स्तरको हुन्छ भन्ने बुझाई हुन्छ । तर, भारतीय एक जना भिखारीले यस्तो अनुमानलाई गलत साबित गरिदिएका छन् । मुम्बईमा बस्ने भारत जेनसँग ८० लाख भारतीय रुपैयाँ अर्थात एक करोड २८ लाख पर्ने दुई वटा घर रहेका छन् ।
कयौं वर्षदेखि भिख माग्दै आएका उनले एक दिनमा आठ घण्टासम्म भिख माग्दै हिँड्छन् । वन बेडरुम फ्लाट समेत रहेका उनले भिख मागेर एक महिनामा ७५ हजार रुपैयाँसम्म आम्दानी गर्छन् । मुम्बइको छत्रपति शिवाजी टर्मिनलको आसपासमा भिग माग्दै हिँड्ने उनको आम्दानी भारतका कयौं राज्यका मुख्यमन्त्रीको भन्दा बढी रहेको छ ।पत्नी तथा दुई छोरासँगै बस्दै आएका उनले छोराहरुलाई १० कक्षा र १२ कक्षामा पढाउँदै आएका छन् । उनले आफ्नो एउटा फ्लाट जुस पसलका लागि भाडामा दिएका छन् । त्यसबापत उनले मासिक ठूलो रकमसमेत आम्दानी गर्दै आएका छन् ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook