गौरमा फेरि तनाव
प्रशासनद्वारा निषेधाज्ञा जारी
रौतहटको सदरमुकाम गौरमा बाटोमा आगो बालेर बिरोध प्रदर्शन गर्दै आन्दोलनकारी । तस्विरः शिव पुरी/ईकान्तिपुर
रौतहट, चैत्र २१ - सशस्त्र प्रहरीको भ्यानको ठक्करबाट घाईते एक आन्दोलनकारीको मृत्यु पछि सदरमुकाम गौरमा फेरि तनाब भएको छ । शनिबार बिहान उपचारको क्रममा गौर -१० सबगढाका ६१ वर्षीय राम अशिष ठाकुरको मृत्यु भएको हो छ । स्थिति नियन्त्रणमा राख्न स्थानिय प्रशासनले बिहान ८ बजेबाट बिभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ ।
सेवाकेन्द्रको बिरोधमा भइरहेको ४ दिन देखिको आन्दोलनलाई नियन्त्रणमा लिन खटेको सशस्त्र प्रहरीको सरमुझवा बेसको टोली र्फकने क्रममा शुक्रबार राति सबगढामा बाटो अबरुद्ध गर्न बसेका ठाकुरलाई सशस्त्रको गाडीले ठक्कर दिएको थियो । आन्दोलनकारीले बा १ झ ७३३ नम्बरको प्रहरीको सबारीमा ढुङ्गामुढा गर्न थाले पछि सबारी पछाडि सार्ने क्रममा ठाकुरलाई ठक्कर लागेको प्रहरीले जनाएको छ । गौर अस्पतालमा उपचार पछि बिहान उनको मृत्यु भएकाले तनाबको बढेको हो । सदरमुकाम गौरबाट मालपोत, नापी कार्यालय बिस्तार गर्ने निर्णय बिरुद्ध आन्दोलनमा उत्रेका प्रदर्शनकारी र प्रहरी बिचको झडपले ४ दिन सदरमुकामको अवस्था कष्टकर बनेको छ । कार्यालय बिस्तारको निर्णय फिर्ता गरेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट फ्ायाक्स मार्फत पत्र आए पछि सहमतिको बिन्दुमा पुग्ने अनुमान गरेको प्रशासनलाई ठाकुरको मृत्युको घट्नाले तनाबमा पारेको छ । मन्त्रालयको पत्र पछि आन्दोलन स्थगित हुने अनुमानमा थियौ प्रमुख जिल्ला अधिकारी मदन भुजेलले भने, ठाकुरको मृत्युले केही समस्या थपेको छ । गौरमा ३० दलिय मोर्चाको बैठक बसको छ ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook