ओमान र अफगानिस्तानले बुक गर्यो टी ट्वान्टी विश्वकपको टिकट
24th July 2015 | ८ साउन २०७२
काठमाडौँ : सन् २०१६ मा भारतमा हुने टी ट्वान्टी विश्वकपका लागि बाँकी अन्तिम दुई स्थानमा ओमान र अफगानिस्तान छनौट भएको छ।
बिहीबार भएको खेलमा विश्व क्रिकेट लिग डिभिजन फाइभमा रहेको तथा छनौट प्रतियोगिताको पहिलो खेलमा केन्याद्वारा नराम्रोसित पराजित ओमानले नामिबियालाई जित्दै विश्वकपमा स्थान सुरक्षित राखेको हो।
३६ लाख जनसंख्या भएको देश ओमानका लागि यो ऐतिहासिक सफलता हो। नामिबियाले ९ विकेटको क्षतिमा बनाएको १४८ रनलाई पछ्याउने क्रममा एक ओभर बाँकी छँदै ओमानले विजय लक्ष्य पार गर्दै ५ विकेटको विजय हात पारेको हो। नामिबियाका लागि स्टेफन बार्डले ३ छक्का र ४ चौकाको मद्दतले ५२ बलमा ६२ रन बनाएका थिए।
ओमानलाई ऐतिहासिक विजय हासिल गराउने क्रममा जिसन अहमदले ३२ बलमा ५१ रन नटआउट बनाएका थिए।
अफगानिस्तान पनि विश्वकपमा
पपुवा न्युगिनीसँग आज भएको खेल ६ विकेटले जित्दै अफगानिस्तान छनौट भएको हो। क्वालिफायर्समा हङकङसँग पाँच विकेटले पराजित अफगानिस्तानले दोस्रो मौकाको रुपमा पपुवान्युगिनीसँग आज खेलेको थियो।
टस जिती ब्याटिङ गरेको पपुवा न्युगिनीको सुरुवात निराशाजनक रह्यो। स्कोरबोर्डमा १४ रन छँदै २ विकेट गुमाएको पपुवा न्युगिनीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२७ रन बनाएको थियो। अफगानिस्तान सपुर जादरानले ४ ओभर बलिङ गर्दै ९ रन दिएर २ विकेट लिएका थिए। पपुवा न्युगिनीका तर्फबाट छैटौँ नम्बरमा ब्याटिङ गरेका सिजेए अमिनीले सबैभन्दा बढी ३७ बलमा एक चौका र एक छक्कासहित ३७ रन बनाएका थिए।
जवाफी ब्याटिङमा उत्रिएको अफगानिस्तानले निर्धारित लक्ष्य १० बल बाँकी छँदै ४ विकेटको क्षतिमा हासिल गर्न सफल भयो।
अफगानिस्तानको पनि सुरुवात राम्रो भएन। पहिलो बलमै विस्फोटक ब्याटिङ गर्ने मोहम्मद सज्जाद भनुवाको बलमा भारेद्वारा क्याच आउट भए। तर दोस्रो विकेटका लागि नरोज मंगल र अस्गर स्टानिकजाइले ५७ रनको साझेदारी गरेपछि इनिङ्स सम्हालियो। नरोज सबैभन्दा बढी ५६ बलमा ३ छक्का र २ चौकासहित ६५ रन बनाउँदै नटआउट समेत रहे।
विश्वकपमा आयरल्यान्ड, स्कटल्यान्ड, नेदरल्यान्डस्, हङकङ यसअघि नै छनौट भइसकेको छ। ओमान र नामबियाबीच हुने खेलका विजयी पनि विश्वकपमा छनौट हुनेछ।

0 comments
प्रतिक्रिया दिनुश
Facebook