बुद्धको जन्मस्थलमा रुखबाट पानी वर्षन थाल्यो
26 July 2015
treeरुखबाट पानी झर्न बर्षा हुनुपर्छ । बिना वर्षा रुखबाट पानी झरेको तपाईं हामीलाई थाहा छैन । तर, गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा बिना बर्षा रुखबाट पानी पर्न थालेको छ । यसरी रुखबाट पानी बर्सेपछि अहिले त्यसलाई हेर्न मानिसको घुइँचो लागेको छ । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्विनी विकास भित्रको मायादेवी मन्दिर नजिकैको फलेदोको रुखबाट यसरी पानी वर्षन थालेको हो ।
४–५ दिनयता लुम्बिनीमा पानी परेको छैन, टन्टलापुर घाम लागिरहेको छ । तर, फलेदोको रुखबाट भने वर्षा हुँदा पानी झरे जसरी पानी झरिरहेको छ । लुम्बिनी विकास कोषका सदस्यसचिव अजितमान तामाङले फलेदोको रुखबाट पानी बर्षिएको जानकारी दिँदै यसले आफूलाई अचम्मित बनाएको बताए । ‘लुम्बिनी विकास कोषभित्र रहेको फलेदोको रुखबाट चामत्कारिक रुपमा पानी वर्षिरहेको छ,’ सदस्यसचिव तामाङले रातोपाटीसँग भने, ‘यसले सबैलाई आश्चर्यमा पारेको छ । अहिले यसलाई हेर्न मानिसको भीडभाग लागेको छ ।’ तामाङका अनुसार केही दिनअघि देखि नै रुखबाट पानी वर्षन थालेको हो ।
यसरी रुखबाट आश्चर्यजनक रुपमा पानी वर्षन थालेपछि अहिले यसलाई हेर्ने र प्रतिक्रिया दिनेहरुको भीड लागेको छ । रुखबाट पानी वर्षिएको अपत्यारिलो घटना आफ्नै आँखाले देखेका धादिङका जीवन परियारले आफूलाई घटना देखेपछि सपना या विपना छुट्याउनै गाह्रो परेको बताए । ‘म यो घटना देखेर आश्चर्यमा परेको छु’ उनले भने । अहिले यसरी रुखबाट पानी वर्षिएको दृश्य हेर्न जोसुकैले जिब्रो टोकेर यस्तै प्रतिक्रिया दिने गरेका छन् ।
अहिले रुख हेर्नेको घुईचो बढ्दै गए पछि भिडलाई ब्यवस्थित गर्न र रुखलाई संरक्षण गर्न रुख आसपासका क्षेत्रमा बार लगाउन थालिएको छ । यसरी रुखबाट पानी वर्षिएको दृश्य हेर्न जोसुकैले जिब्रो टोकेर यस्तै प्रतिक्रिया दिने गरेका छन् । अहिले रुख हेर्नेको घुईचो बढ्दै गए पछि भिडलाई ब्यवस्थित गर्न र रुखलाई संरक्षण गर्न रुख आसपासका क्षेत्रमा बार लगाउन थालिएको छ । स्थानीयले यसलाई दैवीय शक्तिको रुपमा हेरे पनि कोषका सदस्य सचिव तमाङ्ले यसलाई प्राकृतिक भएको बताए ।
लुम्बिनी विकास कोषका वरिष्ठ उद्यान अधिकृत सब्बीर अहमद खाँका अनुसार फलेदोको रखबाट सामान्य पानी रसाए पनि यसरी पानी परेझैं पानी आउनुको कारण खोज्ने काम भइरहेको छ । ‘रुखको पात र हाँगाबाट समेत पानी परि रहेको छ । हांगामा फिंज जस्तो देखिने स्थानमा ३ मिलि मिटर सम्मको किरा देखिएको छ,’ उनले भने, ‘हामी के कारणले यस्तो भएको हो, यसलाई परीक्षण गर्न प्रयोगशाला पठाउने तयारीमा लागिरहेका छौं ।’
0 comments
प्रतिक्रिया दिनुश
Facebook