गृह मन्त्रालयको नयाँ भवन २० करोडमा बन्ने
गृहमन्त्री बामदेव गौतमले गरे शिलान्यास
२०७२ साउन ८ गते १२:२७ मा प्रकाशित८ साउन, काठमाडौं । सिंहदरबारभित्र २० करोड रुपैयाँ खर्च गरेर गृहमन्त्रालयका लागि नयाँ भवन बन्ने भएको छ । भूकम्प प्रतिरोधात्मक सो भवन पाँचतले अत्याधुनिक हुने छ ।
अहिलेको भवन पुरानो र साँघुरो भएपछि विगत तीन बर्षदेखि नयाँ भवन बनाउने योजना ल्याइएको थियो ।
हालको गृहमन्त्रालयको छेउँमै बन्ने नयाँ भवनको उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले शुक्रबार शिलान्यास गरेका छन् । सो भवन तीन बर्षभित्र बनाइसक्ने लक्ष्य रहेको गृहमन्त्रालयले जनाएको छ ।
सिंहदरबार सचिवालय पुनः निर्माण समितिका इन्जिनियर सरोज कायस्थका अनुसार नयाँ भवन निर्माण गरिसकेपछि हालको पुरानो भवनलाई भत्काएर सोही ठाउँमा फेरि अर्को अत्याधुनिक भवन निर्माण गर्ने योजना छ ।
सिंहदरबारभित्रै राष्ट्रिय सतर्कता केन्द्र र परिचयपत्र व्यवस्थापन केन्द्रको समेत भवन निर्माण गर्ने तयारी भइरहेको छ ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook