आफ्नो छोरा सञ्चो बनाउन छिमेकीका १० वर्षे छोराको बली !
हत्यामा संलग्न पाँच जना पक्राउ
२०७२ साउन ९ गते १९:३८ मा प्रकाशित९ साउन, परासी । नवलपरासीको कुडियामा १० वर्षीय बालकलाई बली दिएको खुलेको छ । प्रहरीले पक्राउ गरेकाहरूले बालिकलार्इ बली दिएको स्वीकार गरेका हुन् ।
कोदाइ हरिजनसहितको समूहले नवलपरासीको कुडिया–४ का परमानन्द कोहारको १० वर्षीय छोरा जीवन कोहारलाई साउन ५ गते बालकलाई गाउँको मन्दिरनजिक लगेर बली दिएका हुन् । मंगलबारदेखि वेपत्ता भएका बालकको शव दुर्गा मन्दिर नजिकै भेटिएपछि स्थानीयले बालकलार्इ बली दिएको आशंका गरेका थिए ।
प्रहरीले कोदाइ हरिजन, बिरामी भनिएका उनका १८ वर्षका छोरा विजय हरिजन, झाक्री गङ्गा हरिजनसहित ५० वर्षीय रुदल हरिजन र ३२ वर्षीय सूर्यमान हरिजनलार्इ पक्राउ गरेको छ ।
आफ्नो १८ वर्षीय छोरा विजय हरिजन बेलाबेलामा बिरामी हुने गरेको र बालकको बली दिएमा निको हुने धामीको विश्वासमा छिमेकी परमानन्द कोहारको १० वर्षीय छोरा जीवन कोहारलाई बली दिएको कोदाइले प्रहरीसमक्ष स्वीकारेका छन् ।
बालक जीवन हरिजनलाई बिस्कुट दिएर पछि अरू पैसा दिने लोभ देखाई गाउँको सिमाना मन्दिरनजिक लगेर तीनजनाले समातेको र कोदईले घरेलु हतियारको प्रयोग गरी बालकको घाँटी रेटेर हत्या गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताए ।
बालक हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेकाहरू
बालक हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेकाहरू
लामा धामी गङ्गा हरिजनले बालकको बली दिएमा छोरा निको हने बारम्बार बताएपछि कोदई हरिजनले छिमेकीको छोरालाई बली चढाएको बताए ।
कोदईले हत्या गर्न सघाउनेलाई ५० हजार दिने भनी वचन दिएको हत्यामा संलग्नले बताएका छन् । बालकलाई बली दिने सबै अभियुक्तलाई पक्राउ गरिएकाले कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाएको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताए ।
सोनुको शव भेटिएपछि कोदईकी श्रीमती कान्तिलाई दुई झापड दिएपछि उसैले घटनाको रहस्य खोलेको सोनुका काका लालबहादुर कोहारले बताए। बली चढाएको कुरा खुलासा भएपछि आक्रोसित गाउँलेले आरोपित परिवारको घर तोडफोड र भत्काइदिएका छन् ।
घटनामा संलग्न नभएका परिवारलाई गाउँमा बस्ने वातावरणका लागि पहल गर्न प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले आग्रह गरेका छन् ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook