एसपीलाई हात हाल्नखोज्ने नेतालाई प्रहरी कार्यलयमै हतकडी
२०७२ साउन ८ शुक्रबार
काठमाठौं :जग्गासम्बन्धी विवादबारेछलफलगर्न प्रहरी कार्यलयमा बोलाइएकासद्भावना पार्टी बाराका नेता तथा पूर्वसभासद्शिवचन्द्र कुशवाहलेप्रहरी उपरीक्षक (एसपी) लाई हात हाल्न खोजेपछि उनलाई प्रहरीलेनियन्त्रणमा लिएको छ।
वाराकोमहागढीमाइ नगरकोवरियापुरमा ऐंलानी जग्गामा बसोबास गर्दै आएका १२ घरधुरीलाई जबरजस्ती हटाएको विवादसम्बन्धमा छलफल गर्न प्रहरीले दुवैपक्षलाई बोलाइएको थियो।
जिल्ला प्रहरी कार्यलयमा छलफलभइरहेको अवस्थामा शिवचन्द्रले एसपी लोके न्द्र बहादुरमल्लमाथि नै हातपातको प्रयासगरेरदुव्र्यवहारगरेपछि उनलाई तत्कालै हतकडी लगाएरथुनामा राखिएको छ।एसपी मल्लले छलफलकै क्रममा उनले हातपातको प्रयासरदुव्र्यवहारगरेपछि थुनामा राखिएको बताए।
सभासद् हुँदा उनलेबरियापुरको उक्त ऐंलानीजग्गा आफ्नो नाममा दर्ता गराएर अहिले त्यहाँ बस्नेहरुलाई जबरजस्ती उठाउन खाजेपछि विवाद भएको हो।स्थानीयले बर्षौदेखि आफूहरु त्यही जग्गामा भोगचलनगर्दै आएको बताउँदै उनीहरु त्यहाँबाटहट्नमानेका छैनन्।त्यही विवादमा के ही दिनअघि बरियारपुरमा गोली चलेको थियो ।गोली चलाउने समूहको नेतृत्व उनले गरेको आरोप स्थानीयलेलगाएका थिए।
0 comments
प्रतिक्रिया दिनुश
Facebook