काका–भतिजी हत्या प्रकरणको रहस्य खुल्यो : हत्यारा आफ्नै दाजु
डबल मर्डरका त्रिपल अनुहार
प्रकाशित मिति: 4:16:25 pm, July 26, 2015
गुल्मी, साउन १० – गत शुक्रवार विहान गुल्मीको पिपलधारामा रुखको टुप्पोमा भतिजी झुण्डिएको अवस्थामा र काका त्यसको फेदमा मृत फेला परेको घटना आत्माहत्या नभई हत्या भएको प्रहरीले अनुसन्धानबाट खुलेको छ । पिपलधारा–८ नादीगाउँमा काका पर्ने ३८ वर्षिय वेलबहादुर मुखिया र १८ वर्षिया भतिजी सिता मुखियालाई मार्ने मुख्य अभिुक्त मृतक वेलबहादुरकै ४४ वर्षीय दाजु नारायण मुखिया भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले आज पुष्टी गरेको हो ।
साउन ८ गते राती १२ बजे देखि १ वजेको बीचमा अभिुक्त नारायण मुखिया, सोही गाउँको २१ वर्षीय बाशुदेव जि.सी., र पिपलधारामा ५ को विष्णुबहादुर मुखियाले घरको दलानमा सुतिरहेका भाई वेलबहादुर मुखियालाई चिरुवा दाउराले कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
सोही ठाउँमा रहेकी सीता मुखियाको पनि तिनै जनाले मुख छोपेर हत्या गरी नजिकै रहेको खनियाँको रुखमा लगेर उनकै चुन्नीले झुण्डाएको र वेलबहादुरको सव पनि त्यही रुख तल लगेर फालिएको प्रहरीले जनाएको छ ।घटना विवरण यस्तो छ
प्रहरीका अनुसार अघिल्लो दिन एक वजेको समयमा मृतक वेलबहादुरकै घरमा बसेर सीता र वेलबहादुरले चाउचाउ संगै मादक पदार्थ सेवन गरेका थिए । त्यसपछि वेलबहादुर माथि पिपलधारा वजार तिर लागे भने सीता भने आफ्नो माईतीमा गईन् । त्यसै दिन साँझ करिव ६ बजेतिर वेलबहादुरकी आमासंग पैचो लिएको चामल बुझाउन भन्दै सीता आईन्न र फर्किइन् । साँझको ६ बजेर ५ मिनेनको समयमा बेलबहादुर माथी वजारबाट घर आए ।
अँध्यारो भए पछि सीता पुनः बेलहादुरको घरमा आईन र घटना घटेको समयसम्म संगै रहीन् । राती करिव ११ वजेको समयमा आएकी सिताले वेलबहादुरकी आमा मुगा मुखियालाई ढोका खोल्न लगाई भित्र पसिन् । आमाले गाली गर्दै कोठामा गएर सुत्न भन्दै आफु आफ्नो कोठामा गईन् ।
कोठामा गए पछि अभियुक्त नारायण मुखियाले ठूलो स्वरमा क्यासेट बजाउन सुरु गरेको । रातको समयमा ठूलो स्वरमा क्यासेट बजाए पछि अरु गाउँवासीले घटना नसुनुन् भन्ने अभिप्राय राखेको प्रहरीले उल्लेख गरेको छ ।
नारायण मुखिया धान रोप्न भनि असार २९ गते तम्घासबट घर गएका थिए भने मृतक वेलबहादुर पनि असार ३१ गते धान रोप्न भन्दै तम्घासबाट घरतिर लागेका थिए ।साउने सक्रान्तिको दिन दाजु–भाईसंगै बसेर चाँडसमेत मानेका थिए । त्यही दिन समुहको बैठकमा भाई वेलबहादुरले दाजु नारायणले कृषि समुहको रकम हिनामिना गरेको कुरा उठाए । त्यसपछि उनीहरुबीच झगडा सुरु भएको थियो ।
स्थानीयका अनुुसार नारायण चोरी र अपराधीक घटनामा जोडिएका व्यक्ति हुन् । ठेक्का पट्टामा लागेका उनले तम्घासमा राम्रै पैसा कमाउँदै आएका थिए । मृतक वेलबहादुर र नारायणकी श्रीमती डेरामा तम्घास वस्दै आइरहेका थिए । विवाहित सीता भने श्रीमानबाट छुट्टिएर माईतीमा बस्दै आएकी थिइन् ।
यस घटनाले त्यस नादीगाउँमा भएका अन्य त्यस्तै अपराधिक घटनाको पनि पोल खुल्ने देखिएको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी हिमालयकुमार श्रेष्ठले त्यहाँका अन्य पुराना घटनाको पनि सुक्षम ढंगले अनुसन्धान गर्ने बताएका छन् । यस घटनामा प्रहरी निकै छिटो हत्यारा खोज्न सफल भएको छ । अभिुक्तहरु तिनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook