भूकम्पले विद्यालय भवन भत्के का गोरखाका पाँचवटा विद्यालयलाई टेलिभिजन उपहार
गोरखाबजार, ८ साउन । हालै गएको भूकम्पले विद्यालय भवन भत्के का गोरखाका पाँचवटा विद्यालयलाई टेलिभिजन उपहार दिइएको छ । काँग्रेस निकटको प्रजातान्त्रिक अपाङ्ग सङ्घले विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि सो श्रव्य, दृश्य सामग्री वितरण गरेको हो ।
सदरमुकामको महेन्द्रज्योति उमावि, नारेश्वरको बिन्दवासिनी उमावि, पालुङ्टारको भवानी उमावि, हंशपुरको ज्ञानमार्ग उमावि र सौरपानीको हिमालय उमाविलाई एक–एक थान टेलिभिजन उपहार दिइएको सङ्घका जिल्ला अध्यक्ष रमेश कोइरालाले जानकारी दिनुभयो । नेपाली काँग्रेसका के न्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले आज विद्यालयका प्राचार्यहरुलाई टेलिभिजन हस्तान्तरण गर्नुभएको हो ।
पाण्डेले टेलिभिजन सदुपयोग गर्न आग्रह गर्दै विद्यालयका प्राचार्यहरुलाई विद्यार्थीलाई ज्ञानगुनका कु रा सिकाउन श्रव्य, दृश्य सामग्री प्रदान गरिएको बताउनुभयो ।
सङ्घले जिविस गोरखाबाट लक्षित वर्ग शीर्षकको बजेटको रु ३४ हजारमा के ही रकम थप गरेर पाँचवटा विद्यालयलाई टेलिभिजन उपहार दिएको जनाएको छ । रासस

0 comments
प्रतिक्रिया दिनुश
Facebook