हाम्रो समय

समुद्रको निलो पानी रक्ताम्य भएपछि…(भिडियो सहित)



26 July 2015


नर्वेको नजिकै फ्यारो आइल्यान्ड्स केही दिनअघि रक्ताम्य देखियो । अरु बेला निलो पानीले भरिने समुद्र केही दिनअघि रातोमा परिणत भएको थियो ।

समाचार अनुसार समुद्री किनारमा आयोजित ह्‍वेल मार्ने प्रतियोगिताका कारण समुद्र रक्ताम्य भएको हो । समुद्रमा रहेका करिब २ सय बढी ह्‍वेललार्इ किनारमा आउन बाध्य पारेर मारिएपछि समुद्र रक्ताम्य भएको हो ।



बोर र टोर्सवन समुद्री किनारमा आयोजित अनौठो शिकार प्रतियोगितामा मानिसले पाइलट ह्‍वेल (त्यहाँ पाइने ह्‍वेलको प्रजाति) लार्इ किनारमा आउन बाध्य पारेपछि मारिएको हो । समुद्री किनारमा आएका ह्‍वेललार्इ धारिलो हतिारले काटेर समुद्री किनारमै मारियो । यो शिकार प्रतियोगिताले जीवजन्तु विशेषज्ञबाट तीब्र विरोधको समेत सामना गर्नुपर्यो ।


यो शिकार प्रतियोगितालार्इ त्यहाँ ग्रिन्डाड्रयाप भन्ने गरिएको छ । केही मानिसहरु यो शिकार गर्ने क्रममा हाँसिरहेका र गीतसमेत गाइरहेका देखिए । यो शिकारको फोटो जीवजन्तु विज्ञले कैद गरेका थिए । यो शिकारको विरोधमा संलग्न सेफर्ड नामक जीवजन्तु संस्थाका ५ जना सदस्यलार्इ गिरफ्तार पनि गरियो ।



यहाँ यो प्रतियोगिता प्रत्येक वर्ष आयोजना गरिन्छ । स्थानीय कानुनले भने ह्‍वेल मार्न प्रतिबन्ध लगाएको छ । तर यही शिकारका लागि यहाँ ह्‍वेल मार्न दिइएको छ । जीवजन्तु विज्ञका अनुसार यो शिकारका यहाँ सरकारी सुरक्षाकर्मी उपस्थित थिए । उनीहरुले पनि यो कार्यक्रमलार्इ सहयोग गरेका बताइएको छ ।

भिडियो -


, ,

0 comments

प्रतिक्रिया दिनुश

Facebook