हाम्रो समय

विभिन्न जिल्लामा थ्रिजी सेवा विस्तार गर्दै एनसेल





वैशाख १२ को विनाशकारी महाभुकम्प पश्चात पनि एनसेलले थर्ड जेनेरेसन  (थ्रीजी) मोबाइल सेवा विस्तारको आफ्नो पहल जारी राख्दै सुदूर पश्चिमको डोटि जिल्लाको दिपाएल सिलगढीमा थ्रीजी सेवा बिस्तार गरेको छ । यस विस्तारसँगै एनसेलको थ्रीजी सेवा ६३ वटा जिल्लामा पुगेको छ ।

“२०१५ को पहिलो ७ महिनामा हामीले थप ५७ वटा नयाँ गाउँ विकास समिति तथा नगरपालीकामा थ्रीजी सेवा विस्तार गरेका छौ । यस मध्ये २५ वटा गा.वि.स.मा भुकम्प पश्चात सेवा विस्तारका गरेका हौं,” एनसेलका प्रमुख प्राविधिक अधिकृत आन्द्रास पालीले भने ।

डिजिटल इन्क्लुजन र यसको पहुँच बढाउने उद्देश्य अनुरुप एनसेलले विभिन्न जिल्ला तथा गाउँ गाउँमा निरन्तर थ्रीजी सेवा विस्तार गर्दै आएको छ । ३ जीको विस्तारले स्थानिय समुदायलाई पुरा विश्वसँग जोडिन, नयाँ नयाँ विषयका बारेमा जानकारी हासिल गर्न, क्षमता अभिवृद्धि गर्न तथा विभिन्न अवसरको सदुपयोग गर्न सहज बनाउँदै आएको छ ।

प्राकृतिक विपतको समयमा स्काइप, गु्रप मेल, सामाजिक संजालबाट कुराकानी आदन प्रदानका लागी थ्रीजी सेवा निकै नै प्रभावकारी रहने हालैको भुकम्पमा सबैले अनुभव गरेका थिए । विशेष गरी एनसेलले प्रदान गर्दै आएको निःशुल्क टुइटर सुविधाले धेरै भन्दा धेरै मानिसहरुलाई सामाजिक सन्जालमा समेटि विपत पर्दा आपत्कालीन राहत, उद्धार तथा सहयोग प्राप्त गर्न टेवा पुर्‍याएको थियो  ।

त्यस्तै एनसेलको विकिपिडिया जिरो सेवाले ग्राहकलाई विश्वको सबैभन्दा ठुले अनलाईन लाइब्रेरीमा निःशुल्क पहुँच प्रदान गर्दै सामान्य तथा विषयगत ज्ञानको अभिवृद्धिमा मद्दत गर्दै आएको छ । विश्वभरी शिक्षा, स्वास्थ्य, रोजगारी तथा शिप विकासमा मोबाइल ब्रोडब्यान्डले ठुलो योगदान पुर्‍याउँदै आएको छ ।

“मोबाइल ब्रोडब्यान्ड र  थ्रिजि सेवाले देशको अर्थतन्त्र तथा समाजको विकासमा ठूलो मद्दत पुर्‍याउने संसारभर अनुभव छ । त्यसैले  दुरसंचार प्राधिकरणसँग हामीले उपलब्ध फ्रिक्वेन्सी रिसोर्सको अधिकतम सदुपयोगका लागि टेक्नोलोजी न्युट्रालीटीको अनुरोध गर्दै आएका छौं । टेक्नोलोजी न्युट्रालीटि प्रदान गरिएमा हामी त्यस्तो अनुमति आएको ३ महिना भित्र ७५ वटै जिल्लामा थ्रीजी सेवा संचालनमा ल्याउने हाम्रो योजना छ,” पालीले भने ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook