पोखरेल करोडौ रकम अनियमिता गर्ने दाउमा
04 August 2015
![]() |
dhan-pd-pokhrel |
पोखरेलले सोमवार बिहान बाराका शिक्षा अधिकारीको निवासमा पुरानो मितिमा अनौपचारिक शिक्षाको साक्षरता कार्यक्रमको कागजपत्रहरुमा हस्ताक्षर गरेर करोडौ रकम अनियमित गर्ने खेलमा लागेका थिए ।
बाराका अनौपचारीक शिक्षा अन्तर्गत प्राप्त भएको चार करोड भन्दा बढीको रकम मध्ये पोखरेलले समेत ५० लाख भन्दा बढी पेश्की लिएको देखिएको छ साथै उनले त्यो पेश्की रकम मिलाउनको लागि कागजपत्रमा पुरानो मितिमा नकक्ली बिल भरपाई बनाई रकम पचाउने दाउमा लागेका कुरा बारा शिक्षा कार्यालयका एक अधिकृतले बताएका छन्।
आर्थिक वर्ष २०७१–७२ मा बारामा ४२ हजार दुई सय स्थानहरुमा अनौपचारिक शिक्षाको कक्षाहरु संचालन गरी लगभग ८५ हजार निरक्षर रहेका ब्यक्तिहरुलाई साक्षर बनाउनको लागी शिक्षा कार्यालय बाराले ९० वटा गैर सरकारी संस्था र सामुदायिक अध्ययन केन्द्रहरु मार्फत कार्यक्रम संचालन गरेको थियो।
कार्यक्रम संचालन गरी सम्पन्न भई सक्दा पनि शिक्षा कार्यालयले एउटा पनि कार्यक्रम संचालन गर्ने संस्था वा अध्ययन केन्द्रलाई कमिसनमा कुरा नमिलेको कारण भुक्तानी दिइएको छैन।
शिक्षा कार्यालय बाराले असारको अन्तिम मितिमा एक महिनामा भित्रमा साटन सकिने चेक बनाएर राखेको र पोखरेलले त्यो चेक साटनको लागी समेत दिनरात पर्साको काम छोडी बारामा शिक्षा अधिकारीको निवासमा खटिरहेका छन्।
0 comments
प्रतिक्रिया दिनुश
Facebook