हाम्रो समय

लाभाको सस्तो स्मार्टफोन आइरिस एक्स ८ नेपाली बजारमा





भारतीय स्मार्टफोन निर्माता कम्पनी लाभाले आफ्नो अर्को सस्तो स्मार्टफोन लाभा आइरिस एक्स ८ नेपालमा भित्र्याएको छ।

यसको मूल्य १६ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ।

लाभाले गत वर्ष ल्याएको लाभा आइरिस एक्स ५ को सफलता पछि कम्पनीले एक्स ८ ल्याएको हो।

यसमा ५ इन्चको टचस्क्रिन रहेको छ जसले ७२०×१२८० पीक्सेल रिजोलुसनको गुणस्तर दिन्छ। डिस्प्लेमा आशाही ड्रयागन ट्रेल ग्लासको सुरक्षा दिइएको छ।

लाभा आइरिस एक्स ८ मा १.४ जीएचजेडको कोर्टेक्स ए ७ प्रोसेसर रहेको छ। यसको र्याम २ जीबी र इन्टरनल मेमोरी १६ जीबी छ जसलाई मेमोरी कार्ड मार्फत ३२ जीबीसम्म बढाउन सकिन्छ।

दुईवटा सिम लाग्ने यो स्मार्टफोनको अगाडि ८ मेगापीक्सेलको अटोफोकस, वीएसआइ ३ सेन्सर र दुईवटा एलइडी फ्ल्यास सहितको क्यामरा छ भने अगाडि ३ मेगापीक्सेलको क्यामरा रहेको छ।

यसमा २५०० एमएएचको निकाल्न नमिल्ने ब्याट्री रहेको छ जसले २९१ घण्टाको स्ट्याण्डबाई टाइम र १० घण्टाको टक टाइम दिने कम्पनीको भनाइ रहेको छ।

यसको अपरेटिङ सिस्टम एन्ड्रोइड ४.४.२ किटक्याट रहेको छ जसलाई एन्ड्रोइड ५.० ललीपपमा अपग्रेड गर्न सकिने बताइएको छ। 

0 comments

प्रतिक्रिया दिनुश

Facebook