पिकेपछि ३ सय करोड क्लबमा सलमानको ‘बजरंगी भाइजान’
मुम्बाई, साउन २१ (एजेन्सी) – सलमान खानको पछिल्लो चलचित्र बजरंगी भाइजानले भारतीय बक्स अफिसमा ३ सय करोड भारतीय रुपैयाँको आंकडा पार गरेको छ । योसँगै भारतीय बक्स अफिसमा सर्वाधिक कमाई गर्ने चलचित्रमा पिके पछि दोस्रो चलचित्र बनेको छ ।
कबिर खानद्वारा निर्देशित भारत पाकिस्तानसम्बन्धमा आधारित यस चलचित्रले २० दिन भित्र उक्त उपलब्धि हात पारेको हो । चलचित्र गत जुलाई १७ का दिन रिलिज गरिएको थियो ।
निर्देशक कबिर खानले ट्वीटरमा चलचित्रले ३ सय करोड कमाई गरेको जानकारी दिएका छन् ।
त्यस्तै बुधबार मात्र चलचित्रले भारत बाहिर २.४५ करोड भारतीय रुपैयाँ कमाइ गरेको इरोेज इन्टरनेसनले जनाएको छ । चलचित्रको कारोबार विश्लेषक तरन आर्दशले पनि ट्वीट गर्दै बजरंगी भाइजानले भारतमा ३ सय करोड रुपैयाँ कमाएको र पिके पछि सर्वाधिक कमाई गर्ने दोस्रो चलचित्र बनेको जानकारी दिएका छन् । चलचित्रमा सलमानसहित करिना कपुर, नवाजुद्धिन सिद्धकी तथा बालकलाकार हर्शाली मलहोत्राको प्रमुख भूमिका रहेको छ ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook