मन्त्रीको सेक्स प्रस्तावबारे झुठो हल्ला फैलाउनेलाई नम्रता श्रेष्ठको खुलापत्र
के तपाईहरुको नैतिकता छैन् ?
मलाई यस्तो लेख्नुपर्दा दुख लागेको छ । तर, मेरो मौनता गलत ठहरियो । सुरुआतमा केही ब्लगहरुले सिर्जना गरेको हल्लासँग म बेखबर थिएँ । तर, मेरा शुभेच्छुक, साथी र फ्यानले फोन गर्दै प्रश्न सोध्न थालेपछि मलाई जानकारी भयो । म आफ्नै नयाँ र अहिले निरन्तर सक्रिय रहेका प्रोजेक्टमा व्यस्त रहदाँ केही ब्लगरले सिर्जना गरेको समाचारको पछि कुद्नु मुर्खता हो । सामाजिक सञ्जालमा समाचार भाइरल बनेपछि स्पष्ट पार्नुपर्ने विषय आएको छ । मेरो तर्फबाट समाचार लेख्नुअघि समाचार बनाउनेले मसँग कुनै परामर्श नै गर्नुभएन । म मुख्य कुरामा जान चाहन्छु । राष्ट्रिय अवार्ड समारोहपछि यी सब कुरा आए । केही अनलाईन ब्लगहरुले कार्यक्रम सकिए लगत्तै म समारोहबाट बाहिरिएको सम्बन्धमा लेखे । त्यसको कुनै तुक छैन् । किनकी त्यस दिन म विहान ८ बजेदेखि म्युजिक भिडियोको सटिङमा थिएँ । मलाई मेरो सुटिङ टोलीले कीर्तिपुरमा कुरिरहेको थियो । त्यसका बाबजुद चलचित्र क्षेत्रका दिग्गज व्यक्तिहरुले निमन्त्रणा गरेका कारण म आफूलाई यस क्षेत्रको एक जिम्मेवार व्यक्ति सम्झदैँ त्यहाँ उपस्थित भएँ । राष्ट्रिय अवार्डका सम्बन्धमा म कुनै वहस गर्न चाहन्न । म न कुनै निर्णायक हुँ न त बोर्ड सदस्य नै । यसको निर्णय निर्णायक वा आयोजकले गर्ने हो । ट्यावलोईड शीर्षकमा आधारहिन समाचार छापेर नभएको विषयवस्तुमा समाचार बनाउनेसँग मलाई निकै दुख लागेको छ । किन ? के तपाईहरु सोच्नुहुन्न , तपाईहरुसँग नैतिकता चाहिदैँन ? के अझै मैले यस्ता केही ब्लगले राख्ने आधारहिन समाचार र त्यसका पछाडि हुने राजनीतिको जवाफ फर्काउनुपर्छ ? म एक कलाकार र फिल्ममेकरका रुपमा गर्व गर्छु । तर, यस्ता समाचार र समाचार बनाउनेका कारण मैले आफ्नो व्यवसाय र सम्पूर्ण उद्योगमाथि प्रश्न गर्नुपर्ने भएको छ । मलाई लाग्छ, चलचित्र उद्योग यस्ता सामाग्रीहरुप्रति गम्भिर हुनुपर्छ र यस्ता आधारहिन समाचार लेख्नेमाथि हाम्रो संस्थाले कारबाही गर्नुपर्छ अनि मात्रै चलचित्र उद्योग तथा यस व्यवसायमाथि सर्वसाधारणलाई गलत भ्रम पर्नेछैन् । चलचित्र उद्योगको विकास र विश्वसनियताका लागि यस्तो घटना भविष्यमा दोहोरिनु हुदैँन । धन्यवाद ः नम्रता श्रेष्ठ (कृपया यो स्पस्टीकरण होइन । तर, कुनै पनि आधारहिन समाचारले मेरा शुभेच्छुकलई असर नपरोस् ।)
नोटः नम्रता श्रेष्ठको फेसबुक पेजबाट
0 comments
प्रतिक्रिया दिनुश
Facebook