हाम्रो समय

कुन देशको सुन कस्तो ?




सुन क्यारेटका आधारमा कति शुद्ध छ भनेर थाहा पाउने गरिन्छ। २४ क्यारेटको सुन सवैभन्दा शुद्ध मानिन्छ। सुनचाँदी व्यवसायीहरु २४ क्यारेटको सुनमा सय प्रतिशत सुन हुने दाबी गर्छन् ।
यसरी २४ क्यारेट भएको सुन हाम्रै छिमेकी देशमा नै उत्पादन हुने गर्दछ।

चीनले उत्पादन गरेको सुन २४ क्यारेटको हुने गरेको छ। हङकङ र ताइवानमा पनि २४ क्यारेटकै सुन उत्पादन हुने गरेको छ। साथै इरान , अरेबियन देशहरु,मलेसिया र इन्डोनेसियामा पनि २४ क्यारेटकै सुन उत्पादन हुने गरेको छ।

त्यस्तै बंगलादेश ,भारत ,पाकिस्तान, नेपाल र श्रीलंकामा  उत्पादन हुने सुन भने २२ क्यारेटको हुने गरेको छ।  अरेबियन देशहरु र पर्सियन गल्फ क्षेत्रमा उत्पादन हुने गरेको सुन २१ क्यारेटको हुने गरेको छ। पोर्चुगलमा उत्पादन भएको सुन १९ दशमलव दुई क्यारेटको हुने गरेको  छ।

युरोपको मेडिटरियन प्रदेशबाट उत्पादन हुने सु्न १८ क्यारेटको हुन्छ भने  युरोपको जर्मनी र स्केन्डीभियामा उत्पादन हुने सुन  आठ देनि १८ क्यारेट सम्मको हुने गरेको छ।  त्यस्तै ब्राजिल र इजिप्टमा उत्पादन हुने सुन १८ क्यारेटको हुने गरेको छ।

रसियामा उत्पादन हुने सुन भने ९ देखि १४ क्यारेटको हुने गरेको छ। त्यस्तै बेलायतमा ९ देखि २२ क्यारेटको सुन उत्पादन हुन्छ भने अमेरीका र क्यानडामा पाइने सुन भने १० देखि १८ क्यारेटको हुन्छ।  टर्किमा उत्पादन हुने सुन भने १४ देखि २२ क्यारेटको हुन्छ ।  

0 comments

प्रतिक्रिया दिनुश

Facebook