६ घण्टा भित्र भारतीय टिभी बन्द गराउन अखिल चितवनको अल्टिमेटम
चितवन, असोज ९–
नेकपा एमाले निकटको विधार्थी संगठन अनेरास्ववियु चितवनले ६ घण्टा भित्र भारतिय टेलिभिजनहरु बन्द गर्न केवुल प्रदायक सञ्चालकहरुलाई अल्टिमेटम दिएको छ । भारतले अनावश्यक रुपमा नेपालको आन्तरीक मामिलामा हस्तक्षेप गरेको, नेपालमा अघोषित रुपमाका नाकावन्दि गरि अत्याबश्यक सामाग्रीहरु ल्याउन प्रतिवन्ध लगाएको बिरोधमा अनेरास्ववियु चितवनले भारतिय टेलिभिजनहरु प्रसारणमा रोक लगाउन केवुल सञ्चालकहरुलाई आज ज्ञापनपत्र बुझाएको हो ।
अनेरास्ववियु चितवनका अध्यक्ष देव प्रसाद पाठकको नेतृत्वमा गएको एक टोलीले चितवनको चित्रवन युनिक केवल, टिभि र सिम टिभि सञ्चालकहरुलाई ज्ञापन पत्र बुझाई ६ घण्टा भित्र भारतिय सवै टेलिभिजनको प्रसारण वन्द गराउन अल्टिमेटम दिएको हो । ज्ञापन पत्र बुझाउदै अनेरास्ववियु चितवनका अध्यक्ष भारतिय हस्तक्षेपको बिरोधमा भारतिय टेलिभिजनहरुको प्रसारण रोक लगाउन माग गरे ।
“भारतले हाम्रा लागि अत्याबश्यक सामाग्रीहरु ल्याउन रोक लगाउछ भने, उसको टिभि च्यानल हेरेर हामीले किन नेपाली रकम भारत पठाउने” अध्यक्ष पाठकले भने, — अव भारतिय च्यानलहरुलाई सधैका लागि प्रतिवन्ध लगाउनुपर्दछ । ज्ञापन पत्रमा ६ घण्टा भारतिय टेलिभिजनहरु वन्द नगराए केवुल कार्यालयहरु बन्द गराउने चेतावनी दिइएको छ ।
केवुल सञ्चालकहरुले राष्ट्रिय स्वाधिनताको यो मुद्धामा आफुहरुले सहयोग गर्ने वताए । उनीहरुले केन्द्रिय तहबाट नै भारतिय टेलिभिजन प्रसारणमा रोक लगाउनुपर्ने माग गरेका छन् । ज्ञापन पत्र बुझाउन अनेरास्ववियु चितवनका उपाध्यक्ष, क्षेत्र नः ५ का क्षेत्रिय अध्यक्ष प्रकाश भट्ट लगायतका विधार्थी नेताहरु गएका थिए ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook