चाहेजति काम गर्न नसकिने रहेछः बबिना
–सभासद् हुँदाको क्षण कस्तो रह्यो ?
हर्ष र जिम्मेवारीको महसुस भयो । साथसाथै पहिलो संविधानसभाले संविधान बनाउन नसकेको क्षण स्मरण भयो र यसपटक त्यो दिन देख्न नपरोस् भन्ने साँेच जागृत भयो ।

–सभासद् पछिको दोस्रो दिन के गरेर बिताउनुभयो ?
सपथ लिएको भोलीपल्ट पहिलो वैठकमा सहभागी भए । त्यही क्रममा पार्टी र जिल्लासँग समन्वय सुरु गर्दै नयाँ जिम्मेवारीको कार्य आरम्भ गरे ।

–तलव भत्ताले पुग्छ कि पुग्दैन ?
पार्टीको लागि केन्द्रमा मासिक बीस हजार लेबी, जिल्लामा मासिक सहयोग र पार्टी गतिविधिका खर्च कटौति गर्दा त्यति सहज हुँदैन ।

–जिल्ला कति–कति समयमा जानुहुन्छ ?
संविधान सभा र व्यवस्थापिकाको वैठकलाई असर नहुने गरेर आवश्यक रुपमा जाने गर्छु ।

–सभासद् भएर गर्न नसकेको काम ?
सत्ता संचालन पार्टीगत रुपमा हुने गरेकोले विपक्षी दलको सभासद भएको नाताले चाहे जति सबै काम गर्न नसकिने रहेछ ।

–सभासद्का दुख के रहेछन् ?
समयमा संविधान दिन नसक्दा र जिल्लाका जनताका सबै काम गर्न नसक्दा दुःख महसुस हुन्छ ।

–मतदातालाई सन्देश के छ ?
जागरुक मतदाता नै लोकतन्त्रको दर्बीलो आधार हुन् ।

–मन्त्री हुने मन कत्तिको छ ?
एमबीबीएस पढेको डाक्टर विशेषज्ञ बन्न खोज्छन्, न्याय क्षेत्रमा लागेकाहरु न्यायाधीश र सफल वकील बन्न खोज्छन् । कर्मचारी पदोन्नति चाहन्छन्, सचिव बन्न चाहन्छन् भने जस्तै राजनीतिकर्मीले सोही अनुसारको पदीय जिम्मेवारी खोज्नु अस्वभाविक होइन । तर अहिले हामी विपक्षमा छौं, त्यसैले यसबारे आफ्नो सोँच धरातलीय यथार्थ अनुकूल छ ।

–पार्टीहरुमा कत्तिको जानहुन्छ ?
घरपरिवारसँग समय बिताउनु नै प्राथमिकता हो तर सामाजिक दायित्व अनुसार बिहे भोज, चाडबाडमा सामिल हुन्छु ।

–ड्रिङ्क नियमति छ कि छैन् ?
मादक पदार्थ पिउदिन । कालो चियामा रुची छ ।

0 comments
प्रतिक्रिया दिनुश
Facebook