हाम्रो समय

हङकङ विमानस्थलमा २ सय नेपाली अलपत्र यात्रु भन्छन्-दिनको १६ डलरले के खाने ?


२०७१ फागुन २२ गते ११:०५ मा प्रकाशित

२२ फागुन, काठमाडौं ।
 नेपालको विमानस्थल लगातार तीन दिन बन्द हुँदा विदेशस्थित विभिन्न विमानस्थलहरुमा नेपालीको बिजोग हुन थालेको छ । हङकङ एयरपोर्टमा करिब दुई सय नेपाली अलपत्र परेका छन् ।
नेपाल आउनका लागि विभिन्न देशबाट हङकङ आइपुगेका उनीहरु विमानस्थलमै बास बसेका छन् । उनीहरुलाई खानका लागि दिनको १६ हङकङ डलर दिएर राखिएको छ ।
विभिन्न देशबाट हङकङको अन्तराष्ट्रिय विमानस्थलमा ट्रान्जिट पोइन्ट पर्ने दुई सयजना नेपालीहरु अलपत्र परेको त्यहाँ रहेका बाग्लुङका सुजितप्रसाद आचार्यले बताए ।
विहीबारदेखि जापानको नारिता एसपोर्टबाट क्याथि प्यासिफिक विमानमार्फत नेपाल आउन हिँडेका आचार्य पनि हङकङ ट्रान्जिटमै रोकिएका छन् । उनकी पत्नी बिरामी छिन् ।
Neplese in Honkong Airport 1आचार्यका अनुसार नेपालीहरुलाई हङकङको विमानस्थलमा बिहान ८ डलर र बेलुका ८ हङकङ डलर दिएर राखिएको छ ।
बिरामी श्रीमती प्रमिला आचार्यलाई लिएर आएका उनले विमानले दिएको पैसाले एक बोतल पानी पनि नआउने बताए ।
त्यसैगरी थाइल्याण्डस्थित अन्तरराष्ट्रिय विमानस्थलमा पनि नेपालीहरु अलपत्र परेको स्रोतले बताएको छ ।
ट्रान्जिट परेर विभिन्न देशका विमानस्थलमा रोकिएका नेपालीहरुलाई खानपिनका लागि आर्थिक संकट पर्न थालेको बताइएको छ ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook