हाम्रो समय

आफ्नै निवासमा रंगिएर नाचे वनमन्त्री बिराटनगरमा होलीको रौनक


२०७१ फागुन २२ गते ११:१७ मा प्रकाशित
२२ फागुन, बिराटनगर । हिन्दुहरुको विशेष पर्व फागू आज तराईका जिल्लाहरुमा धुमधामका साथ मनाइँदैछ ।
यसैक्रममा बिराटनगरस्थित आफ्नै निवासमा वनमन्त्री महेश आचार्यले आफ्नै घरमा विशेष कार्यक्रम आयोजना गरेर नाचगान गरेका छन् ।


बिराटनगरको हाटस्थित आफ्नै निवासमा कार्यकर्ता र आफन्तसँग मन्त्री आचार्य नाचेका हुन् ।
रंगीचंगी बनेका मन्त्री आचार्यले निवासमा आइपुगेका पत्रकारसँग सामुहिक तस्वीरसमेत खिचाए ।
त्यस्तैगरी बिराटनगरको अथिति सदन अगाडि मारवाडी समुदायका युवा युवती एवं प्रौढहरु एक आपसमा रंग खेलेर होली मनाइरहेका छन् । बिराटनगरका विभिन्न स्थानमा होलीको रौनक छाएको छ ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook