हाम्रो समय

एपीएफलाई हराउँदै आर्मी एकदिवसीय राष्ट्रिय क्रिकेटको च्याम्पियन



काठमाडौं, चैत १०

राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब नयाँ च्याम्पियन भएको छ। मंगलबार किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपीएफलाई ५ विकेटले पराजित गरेको हो।
आर्मी पहिलोपटक च्याम्पियन बन्दै २ लाख नगद र ट्रफी हात पारेको छ। उपविजेता एपीएफले भने १ लाख २५ हजारमा चित्त बुझायो।
मंगलबार टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४५ ओभरमा ९ विकेट गुमाएर १ सय ६४ रन  बनाएको थियो। एपीएफका लागि बसन्त रेग्मीले सर्बाधिक अविजित ३७ रन योगदान दिए। यस्तै प्रदिप ऐरी ३३, ज्ञानेन्द्र मल्ल २४, कप्तान पारस खड्काले १८ रन बनाए।
आर्मीका जितेन्द्र मुखियाले ३ तथा अविनाश कर्ण र सागर पुनले समान २-२ विकेट लिए।
१६४ रनको लक्ष्यसहित जवाफी मैदान उत्रिएको आर्मीले नरेश बुढाऐरको अर्धशतक मद्दतमा ४०.५ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेटायो।
आर्मीका लागि नरेशले अविजित ५३ रन बनाए भने कप्तान विनोद भण्डारीले ४८ रन जोडे। यस्तै राजेश पुलामीले नटआउट ३५ रनको पारी खेले।
एपीएफका लागि बसन्त रेग्मीले २ यज्ञमान कुमाल, आरिफ शेख र ज्ञानेन्द्र मल्लले १-१ विकेट लिए।
प्रतियोगितामा ३८४ रन बनाएका आर्मीका महेश क्षेत्री प्लेयर अफ द टुर्नामेन्ट हुँदै ३० हजार पुरस्कार पाएका छन् । यस्तै उत्कृष्ट ब्याट्स्‌मेन आर्मीकै अनिल मण्डल भए ।उनले २० हजार पाए। यस्तै बेष्ट बलर भएका क्षेत्र नम्बर ६ बैतडीका कमल ऐरी र इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट भएका योगेन्द्र कार्कीले क्रमशः २० हजार र १० हजार पुरस्कार पाए।

0 comments

प्रतिक्रिया दिनुश

Facebook