फ्रान्समा डेढ सय यात्रुसहितको विमान दु्र्घटनाग्रस्त
biman-durghatanaपेरिस, १० चैन । फ्रान्सको दक्षिणी एल्प्स पर्वत श्रृङ्खलामा एउटा ए३२० एयरबस दुर्घटना भएको छ। फ्रान्सेली प्रहरीका अनुसार विमान एल्पस पर्वत श्रृङ्खलाको बार्सिलोन्ने र डिग्ने क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।

अन्तर्राष्ट्रिय संचार माध्यमहरुका अनुसार विमानमा १४२ यात्रु र चालक दलका ६ सदस्य सवार छन् ।
फ्रान्सका राष्ट्रपति फ्राँस्वा ओलान्डले घटनामा कसैको पनि बाँच्ने सम्भावना नरहेको बताएका छन् । ओलान्डका अनुसार फ्रान्स सरकारले घटनाको छानविन गर्न उच्चस्तरीय छानविन आयोग गठन गरेको छ। ओलान्डका अनुसार घटनास्थल दुर्गम स्थानमा रहेको र त्यहाँ पुग्न कठिन भएको छ ।
एयरबस र जर्मनविंग्सका अनुसार उनीहरु विमान दुर्घटनाको विषयमा जानकारी पाए पनि पुष्टि भएको छैन । जर्मनविंग्सले ट्वीट गर्दै भनेको छ–हामी संचार माध्यमको सहयोगमा घटनाको जानकारी लिइरहेका छौ । तर, अहिलेसम्म हामीसँग ठोस प्रमाण प्राप्त भएको छैन । जहिले ठोस जानकारी प्राप्त हुने छ हामी संचारमाध्यममा सार्वजनिक गर्नेछौ । एजेन्सी
0 comments
प्रतिक्रिया दिनुश
Facebook