हाम्रो समय

पाइलटको सनकले दुर्घटनामा पर्दा अहिलेसम्म कतिले गुमाए ज्यान ?



प्रकाशित मिति: 12:51:54 pm, March 28, 2015


एजेन्सी – को–पाइलटको सनककै कारण जर्मनविंग्सको विमान दुर्घटना भएको खबर सार्वजनिक भएपछि अहिले उड्डयन सुरक्षाको विषय बहसको विषय बनेको छ । यो अन्तर्राष्ट्रिय बहसको विषय बनिरहेका बेला पाइलटकै कारण भएका दुर्घटना परी सन् १९८२ देखि हालसम्म ४२१ मानिसहरुले ज्यान गुमाएको तथ्य बाहिर आएको छ ।
Plane Crash

टाइम्स अफ इन्डियाका अनुसार पछिल्लो जर्मनविंग्सको विमान को–पाइलटकै सनककै कारण दुर्घटना भएको भनेर बाहिर आइरहेको कुरा सत्य सावित भएमा पाइलटकै कारण ज्यान गुमाउनेहरुको संख्या ५७१ पुग्नेछ ।
अमेरिकी नागरिक उड्डयन नियामकले २०१४ को अन्तिममा सार्वजनिक गरेको तथ्यांकअनुसार अमेरिकामा सन् २००३ देखि २०१२ सम्ममा मात्रै आठवटा यस्ता घटनाहरु भइसकेका छन् । यी आठमध्ये सात घटनामा स्वयं पाइलट नै संलग्न भएको कुरा पुष्टि भएको पनि बताइएको छ ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook