हाम्रो समय

बेलबारीमा यात्रुबस दुर्घटना, १२ जना घाईते


 
प्रकाशित मिति: 12:49:51 pm, March 28, 2015 

बेलबारी, १३ मंसिर– पूर्व पश्चिम लोकमार्ग अन्तर्गत मोरङको बेलबारी खण्डमा भएको सवारी दुर्घटनामा बाह्र जना घाईते भएका छन् ।
Bus Crash
काँकडभिट्टाबाट बिराटनगरतर्फ गईरहेको मे१ख ११९७ नम्बरको यात्रुवाहक बस आज बिहान करिब साढे ८ बजे दुर्घटना भएको हो ।
त्रिवेणी यातायातको उक्त बस बेलबारी स्थित बेतना पुल नजिकै सडकबाट करिब १५ मिटर तल बेतना सिमसारको पोखरीमा खसेर सो दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाईते हुनेमा मोरङ डाँगिहाट–५ लक्ष्मीमार्गका ३३ बर्षीया गिता तामाङ, अट्ठाईस बर्षीया मीना गुरुङ, बीस बर्षीया सरु मगर, १७ बर्षीया ईन्जु मगर र १६ बर्षीया श्रृजना मगर रहेका छन् ।
त्यस्तै घाईते हुनेमा मोरङ पथरीका १९ बर्षीया बितु तामाङ, केराबारी–१ का  ४९ बर्षीया दिलमायाँ मगर, विराटनगरका १९ बर्षीय प्रदिप चौंलागाईं, झापा दमकका ४० बर्षीय मोहन भट्टराई, रहेका छन् ।
त्यसैगरी सुनसरीका चौबीस बर्षीय नारायण कट्टेल, ३८ बर्षीय उपेन्द्रकुमार शाह र ५० बर्षीय हीरा कट्टेल घाईते भएका छन् ।
घाईते सबैको बेलबारी स्थित बेलबारी सामुदायिक नावेल अस्पतालमा उपचार भईरहेको छ । घाईतेहरु अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
तीब्र गतिका कारण चालकले नियन्त्रण गुमाउँदा पेखरीमा खसेको सो बस बाहिर निकाल्ने प्रयास भईरहेको र सोका चालक फरार रहेको बेलबारी प्रहरीले जानकारी दिएको छ ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook