यातायात कार्यालयको घुसकाण्डबारे छानविन गर्न समिति गठन
२०७१ चैत १३ गते २०:४० मा प्रकाशित
१३ चैत, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था कार्यालयमा घुस लिएकोबारे छानविन गर्न समिति गठन गरेको छ ।
विभागका उपमहानिर्देशकको संयोजकत्वमा छानविन समिति गठन गरिएको मन्त्रालयका सचिव तुलसी सिटौलाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समितिले घुस काण्डका साथै यातायात व्यवस्था कार्यालयहरुमा गर्नु पर्ने तत्कालीन र दीर्घकालीन सुधारका उपायहरु सुझाउनु पर्नेछ ।
बिहीबार ललितपुर एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा घुस दिएको समाचार प्रकाशित भएको थियो ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook