12:00 AM
२ चैत, काठमाडौं । थाइल्याण्डको रुङखाईमा ५ महिनादेखि जेलमा बस्दै आएका पूर्वयुवराज पारसलाई उनकी थाई प्रेमिकाले पूर्णरुपमा छाडेर हिँडेकी छन् । थाई प्रेमिकाले छाडेपछि अब पारस र हिमानीको सम्बन्ध सुध्रने अनुमान धेरैले गर्न थालेका छन् ।
Nepali-Prince-Parash
पारसका साथीका अनुसार उनकी प्रेमिका कन्निका च्यान्साई चार महिनादेखि पारसलाई भेट्न गएकी छैनन् । शुरुको एक महिना पारसलाई भेट्न उनी तीन/चारपटक जेलमा गएकी थिइन् । त्यसपछि उनी पारसको सम्पर्कबाट टाढिइन् ।
पारसले प्रेमिका कन्निकालाई ‘लीन’ भनेर बोलाउने गर्थे । उनले प्रेमिकालाई निकै विश्वास गर्ने गर्छन् । तर, वीचमा प्रेमिकाले धोका दिएको र उनैले आफूलाई पक्राएको पारसले सार्वजनिकरुमै गुनासो पोखेका थिए । बैंककमा पारस र कन्निकावीच बेला-बेलामा झगडा परे पनि यो जोडी छुट्टएिको यो पहिलो पटक हो ।
अहिले पारसकी प्रेमिका पारसका साथीहरुसँग पनि सम्पर्कमा छैनन् । पारसले भने अझैसम्म प्रेमिकालाई सम्झन छाडेका छैनन् । भेट्न आउने साथीहरुसँग उनी प्रेमिकाबारे सोधीखोजी गर्छन् ।
स्रोतका अनुसार कन्निका अहिले रुङखाइमा बस्न छाडेकी छिन् । रुङखाइ कन्निकाको पुरानो गाँउ हो ।
कन्निकासँग लागेपछि हिमानीसँग सम्बन्ध बिग्रियो
कन्निकालाई भेटेदेखि नै पारसले हिमानीलाई बिर्सेका हुन् । कन्निकालाई बिर्सन नसकेरै पारस विगतमा काठमाडौमा आउन सकेनन् ।
paras
यतिबेला पारस र हिमानीवीचको सम्बन्ध करिब-करिब टुटिसकेको अवस्थामा छ ।
दुई वर्ष पहिले पारसलाई हुदयाघात हुँदा कन्निकाले नै उनलाई अस्पताल पुर्याएकी थिइन् । कन्निकाले नै आफलाई बचाएको पारसले त्यतिखेर बताएका थिए ।
पूर्वयुवराज पारस विगत पाँच वर्षदेखि थाइल्याण्डमा बस्दै आएका छन् । उनी त्यहाँ अहिले लागूऔषधको मुद्दा खेपिरहेका छन् । अदालतमा तारेख गुजारेका पारस गत कात्तिक २९ देखि जेलमा बस्दै आएका छन् । उनको मुद्दा अहिले पनि विचाराधीन छ ।
हाम्रो समय
पारसलाई थाई प्रेमिकाले छाडिन्, अब हिमानी के गर्लिन् ?
0 comments
प्रतिक्रिया दिनुश
Facebook