27 Mar 2015 | 11:49am
शुक्रबार १३ चैत्र, २०७१
जाजरकोट— एसएलसी परीक्षाको अन्तिम दिन जाजरकोटको एक परीक्षा केन्द्रमा एक छात्राले छोरी जन्माएकी छिन्। मालटाकुरा मावि तम्ती अर्छानीकी ०६४३५९३ ओ सिम्वोल नम्वरकी छात्रा विमलाकुमारी चलाउने (सिंह)ले शिक्षा विषयको परीक्षा दिँदै गर्दा छोरी जन्माएकी हुन्। उनको नाम परीक्षा हलमै जुराइएको छ।
मान्ने ढुंगा उच्च माद्यमिक विद्यालय टालेगाउँ केन्द्रमा परीक्षा दिइरहेकी विमलाले परीक्षा दिनु भन्दा १५ मिनेट अघि परीक्षा हलमै छोरी जन्माएकी हुन्। अहिले आमा र छोरीको स्वास्थ्य अवस्था सामान्य रहेको छ। १० कक्षा पढ्दा पढ्दै स्थानीय युवकसँग विहे गरेकी विमलाले छोरी जन्मेपछि परीक्षामा लेख्न नसकेर बाहिरिएको स्थानीय सुरिता बस्नेतले बताइन्।
१५ वर्षकी विमलाले शुक्रवार चैते दशैँका दिन छोरी जन्माएकोले उनकी छोरीको नाम परीक्षा हलमै शान्तिमाया सिंह राखिएको बस्नेतले जानकारी दिइन्।
हाम्रो समय
एसएलसी दिइरहेकी युवतीले छोरी जन्माइन्, हलमै नाम जुराइयो
0 comments
प्रतिक्रिया दिनुश
Facebook