हाम्रो समय

‘भिसा प्रोसेसिङ विदेशीलाई दिने होइन’


काठमाडौं/ उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले अनलाइन भिसा प्रक्रियामा जान विदेशी कम्पनीको प्राविधिक सहायता मात्र लिन लागेको स्पष्ट पारेका छन् । विदेशी कम्पनीलाई भिसा प्रक्रिया जिम्मा दिने विषयमा गौतमले संसद्को राज्य व्यवस्था समितिमा जनशक्तिको सहायता मात्र लिने बताएका हुन् । तर, संसदीय समितिले हालसम्म सरकारले यसका लागि गरेका निर्णय र प्रक्रियाका कागजातको प्रतिलिपि माग गरेको छ ।

निश्चित समयका लागि अध्यागमनको आधुनिकी करण र प्राविधिक जनशक्तिको सहायता लिन लागेको गौतमले बताएका हुन् । प्राविधिक जनशक्तिले हालको प्रक्रियाको स्तरोन्नति गरी केही समयमा नेपाललाई नै प्रविधि हस्तान्तरण गर्ने उनले बताए ।
‘अध्यागमन विभाग र ‘भिसा प्रोसेसिङ’को जिम्मा विदेशी कम्पनीलाई दिने भन्ने हुँदै होइन, जसरी प्रचार भएको छ,’ गृहमन्त्री गौतमले भने, ‘भिसा प्रोसेसिङ पनि विदेशीलाई दिने भनेको होइन ।’
अध्यागमन प्रणाली सुधार गर्न अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठनले दिएको निर्देशनअनुसार सरकारले अध्यागमन प्रणाली आधुनिकीकरण गर्न लागेको गौतमले बताए । प्रविधि र दक्ष जनशक्ति नेपालमा नभएका कारण विदेशी कम्पनी र जनशक्ति ल्याउने प्रयास भइरहेको उनको भनाइ छ ।
विदेशी जनशक्ति र अत्याधुनिक प्रविधि नल्याए पाँच वर्षभन्दा बढी समयमा पनि स्तरोन्नति हुन नसक्ने उनले बताए । नेपाली जनशक्तिले प्रणालीको पूर्ण रूपमा जानकारी नदिँदासम्मका लागि मात्र विदेशी जनशक्ति उपयोग गर्ने सरकारको रणनीति रहेको उनले जानकारी गराए ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook