हाम्रो समय

चैत १५ बाट संविधान निर्माणको प्रक्रिया सुरु हुन्छ : ज्ञवाली

Posted: Sunday, Mar 22, 2015 13:23 PM ( 2
minutes ago )

नवलपरासी, चैत ८ – नेकपा एमालेका सचिव प्रदीप
ज्ञवालीले संबिधान निर्माणको प्रक्रिया चैत १५
गतेबाट सुरु हुने बताउनुभएको छ । आउँदो जेठ १५ गते
संविधान दिने गरी प्रक्रिया सुरु गर्न लागिएको उहाँले
बताउनुभयो ।
प्रेस चौतारी नेपाल नवलपरासीले आइतबार
कावासोतीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले
सचिव ज्ञवालीले चैत १५ गतेबाट नयाँ कार्य तालिका
अनुसार काम सुरु हुने बताउनुभयो । ‘जातीय पहिचान
सहितको संघीयताका बारेमा कुरा अड्केको छ ।
पाँच जिल्लाको विवाद केही होइन । जातीय र भाषिक
उत्पिडनको कुरा समेट्नु पर्छ । त्यसको समाधान
जातीय राज्य होइन ।’ सचिव ज्ञवालीले भन्नुभयो
‘अनुचित मागबाट एमाओवादी मोर्चा ब्याक भए
सहमति हुन्छ ।’ संविधान निर्माणमा मोर्चा
जिम्मेवार भए संघीयताको विषयलाई आयोग बनाएर
भएपनि समेट्न सकिने उहाँको भनाई छ ।
एमाओवादी मोर्चा आए सहमति हुने नत्र नहुने भन्ने
नभएको भन्दै उहाँले उनीहरु नएपनि अधिकतम
सहमतिका आधारमा संविधान जारी गर्ने बताउनुभयो ।
सत्ता र संविधानसँगै अघि लैजाने हो भने भनि सुशील
कोइरालाकै नेतृत्वको सरकारलाई राष्ट्रिय सरकारमा
परिणत गरौं भन्नेमा एमाले रहेको उहाँको भनाई छ ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook