हाम्रो समय

एमाओवादीसहित ३० दलीय मोर्चाद्वारा प्रदर्शन (फोटोसहित)


 
प्रकाशित मिति: 5:25:30 pm, March 22, 2015 

काठमाडौं, चैत ८– ३० दलीय गठबन्धनले चैत ५ गतेदेखि चैत २६ गतेसम्म विभिन्न किसिमका आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।
वर्तमान सरकारले सहमतिबाट नभइ प्रक्रियाबाट संविधान निर्माण गर्ने कुराको विरोध गर्दै आज आइतबार पनि एमाओवादीसहित ३० दलीय गठबन्धदने राजधानीमा विरोध जुलुस प्रदर्शन गरेको छ ।
सहमतिमा संविधान निर्माणमा जोड दिँदै महिलामाथिको हिंसा, महङ्गी, कालो बजारी, लोड सेडिङ्ग तथा भ्रष्टाचार लगायतको विषयमा विरोध प्रदर्शन गरेको हो ।
रौतहटमा पनि आन्दोलन जारी
३० दलीय गठबन्धनले रौतहट जिल्लाका विभिन्न चोकमा पनि जुलुस प्रर्दशन गरेका हुन । जुलुस प्रर्दशन गर्ने क्रममा मधेशी एकता जिन्दावाद, महिला हिंसा बन्द गर जस्ता नारा लगाइएको थियो । एमाओवादीका बिपिन जयसवालको अगुआइमा निक्लेको बिरोध जुलुसमा फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष अजय गुप्ता, फोरम नेपालका रामनिवाश यादव, तमलोपाका बाबुलाल साह, राष्ट्रिय मधेश समाजवादी पार्टीका रामप्रवेश दाशलगायतको सहभागिता रहेको थियो ।




0 comments

प्रतिक्रिया दिनुश

Facebook