हाम्रो समय

कुवेतमा पक्राउपरेकी गोमाकोउद्धारकोपहल सुरु

लागुऔषधकारोबारको आरोपमा कुवेतको जेलमा परेकी नवलपरासी कावासोती–८ की गोमा दराईलाई छु टाउन नेपाली दूतावासले पहल सुरु गरेको छ ।

कावासोती नगरपालिका–८ निवासी गोमा लागूऔषधको आरोपमा पक्राउ परेको समाचार विभिन्न सञ्चार माध्यमबाट प्रकाशित भएपछि दूतावासले उनको उद्धार प्रक्रिया अघि बढाएको हो ।वैदेशिक रोजगार विभागले पनि यसबारेचासो लिँदै आवश्यक समन्वय गरिरहेको छ।

गोमा दराईका बारेमा आधिकारिक जानकारी आएसँगै उनको उद्धारको पहल सुरु गरिएको कुवेतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ।

कुवेतमा पक्राउ परेको र २५ वर्ष जेल सजाय सुनाएको भन्दै उद्धारगरिदिन परिवारका सदस्यहरुले सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र नवलपरासीलाई आग्रह गरेका थिए ।

केन्द्रले प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) काठमाडौँलाई सम्पर्क गरी गोमाको मुद्दाबारे जानकारी गराएको थियो ।पिएनसिसीले दूतावास र वैदेशिकरोजगार विभागसँगसमन्वय गरी उद्धारको प्रक्रिया अघिबढाएको थियो ।

समितिले विदेशमा मृत्यु भएका वा दुःख पाएर अलपत्र परेकालाई उद्धारगर्दै आएको छ । कुवेतस्थित दूतावासकी श्रम सहचारी ढकालका अनुसारअदालतले मुद्दाको फैसला सुनाइसके को छैन । अदालतको अन्तिमफै सला नआइसकेकाले उहाँलाई उद्धार गर्न केही सहज हुने अपेक्षा गरिएको छ

0 comments

प्रतिक्रिया दिनुश

Facebook