राष्ट्रिय वाणिज्य बैंकले ३ वर्षभित्रैमा खुवाउँदैछ तीन हजारलाई जागिर १४८ जनाका लागि बैशाखभित्रै खुल्दैछ विज्ञापन
प्रकाशित मिति: 6:51:59 am, March 22, 2015
काठमाडौं,चैत ८ – सरकारी स्वामित्वको बैंकमा जागिर खाने रहर छ ? छ भने तयारी थाल्नुहोस् । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले तीन वर्षसम्म हरेक वर्ष तीनसय जनाभन्दा बढी नयाँ कर्मचारी भर्ना गर्दै छ ।
‘आउँदोसम्ममा सहायक र अधिकृत गरी १ सय ४८ जना नयाँ कर्मचारी भर्ना गर्दैछौं ,त्यसपछि तीन वर्षसम्म प्रत्येक वर्ष ३ सयभन्दा बढी कर्मचारी भर्ना गर्ने कार्यक्रम बनाइएको छ,’ प्रमुख कार्यकारी अधिकृत शर्माले भने । बैंकले सहायकस्तरका कर्मचारीलाई जिल्लास्तरमा र अधिकृतलाई क्षेत्रीयस्तरमा भर्ना गर्ने योजना बनाएको छ ।
बैंकले क्षेत्रीय स्तरमा परीक्षा सञ्चालन गरेर कर्मचारी भर्ना गर्ने योजना बनाएको छ । यस्तो परीक्षामा सहायक र अधिकृत दुवै स्तरका कर्मचारी सहभागी हुन पाउनेछन् । आजको राजधानी दैनिकमा खबर छ ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook