स्वाइनफ्लुकोआतंकबीच बर्ड फ्लु भित्रियो

काठमाडौं :नेपालसँग खुला सिमाना जोडिएकोभारतको उत्तरप्रदेश राज्यमा स्वाइनफ्लुलेआतंक मच्चाइरहेका बेला बर्ड फ्लु पनिप्रवेशगरेको छ । उत्तरप्रदेश राज्यको अमेठीमा बर्ड फ्लु भेट्टिएको पुष्टि गर्दै उत्तरप्रदेशसरकारले सोमबारप्रदेशभरीउच्चसतर्क ताको सूचना जारी गरेको छ ।
उत्तरप्रदेशका मुख्य सचिव आलोक रञ्जनले सबै मण्डलायुक्त रजिलाधिकारिलार्इ आफ्नो-आफ्नोक्षेत्रमा बर्ड फ्लुको असरकम गर्न का लागि निरोधात्मक कदम तत्कालचाल्न निर्देशन जारीगरेका छन् ।
उत्तरप्रदेश सरकारले यो सूचना विशेषज्ञले बर्ड फ्लु फैलन सक्ने चेतावनीलार्इ मध्येनजर गर्दै जारी गरेकोहो ।उत्तर प्रदेशको अमेठीमा कुखुरा, हाँसरअन्य पंक्षीको मृत्युतीब्र गतिमा भएपछि विशेषज्ञलेबर्ड फ्लुको पुष्टि गर्दै सरकारलार्इ त्यसतर्फ सचेत गराएका थिए ।
६र७ मार्चका दिन अमोठीको चान्दगढ र सारेको पुरवा गाउँमाके ही घण्टामैकुखुरा,हाँसर अन्यपंक्षी शंकास्पद रोगका कारण मरेका थिए ।
उत्तरप्रदेश सरकारले विभिन्न जिल्लालार्इ जारी गरेको सूचनामा सबै जिल्लाधिकारी आफ्ना-आफ्ना जिल्लामा स्वास्थ्यविभाग, पशुधन,पञ्चायती राज रनगर विकास विभागका प्रतिनिधिको संयुक्त टिम बनाउन भनिएको छ । सो टिमले बर्ड फ्लुलार्इ फै लन नदिन कार्य योजना बनाउन समेत सरकारले भनेको छ ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook