२०७१ चैत्र ११ बुधवार
काठमाडौं: संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधान लेखनको अन्तरबस्तु र प्रकियाका विषयमा सहमति गर्नका दलहरुलाई चैत १५ सम्म अन्तिम मौका दिएका छन्।
यसअघि पनि अन्तिम मौका भन्दै उनले चैत ११ गतेसम्मको समयसिमा तोकेका थिए। अध्यक्ष नेम्वाङले संविधानसभामा रहेका मुख्य दलका प्रमुख सचेतकहरुसँग बुधबार परामर्शपछि सहमतिका लागि थप समय दिएका हुन्। चैत १५ सम्म अन्तिम सहमति नभए त्यसैदिन आफूले बैठक बोलाउने अध्यक्ष नेम्वाङले बताएका छन् ।
समयसिमा तोकेर पटकपटक मौका दिदा पनि दलहरुबीच सहमति नजुटेपछि संविधानसभाको बैठक बोलाउने तयारीमा रहेका अध्यक्ष नेम्वाङले दलहरुको आग्रहमा सहमतिका लागि समय थपेका हुन्।
संविधान लेखनको अन्तरबस्तु र प्रकियाका विषयमा सहमति गर्नका लागि अध्यक्ष सुवास नेम्वाङले अन्तिम मौकाका रुपमा दिएको समयसिमा आज समाप्त हुँदैछ।
चैत ४ गते मुख्य दलका शीर्ष नेताहरुलाई बोलाएर एउटा निश्कर्षमा पुग्न उनले चैत ११ सम्मको समय दिएका थिए। तर बुधबारसम्म दलहरुबीच संविधान लेखनको अन्तरबस्तु र प्रकियाका विषयमा सार्थक वार्ता भएको छैन। सहमतिको संभावना टर्दै गएपछि विपक्षी मोर्चा आन्दोलन चर्काउने तयारी गरेको छ।
माघ २९ देखि स्थगित संविधानसभा बैठक दलहरुबीच सहमति नहुँदा अहिलेसम्म बस्न सकेको छैन। नेम्वाङले बुधवार प्रमुख दलका प्रमुख सचेतकहरुसँग छलफलपछि संविधानसभा बैठक बोलाउनेबारे अन्तिम निर्णय लिने स्रोतले बतायो।
झण्डै डेढ महिनादेखि संविधानसभा स्थगित हुनुको औचित्य पुष्टि गर्न पटक -पटक राजनीतिक दल र नेताहरुको ध्यानाकर्षण गर्दै आएका नेम्वाङले दलहरुबाट कुनै निष्कर्ष निस्कन नसकेपछि संविधानसभा बैठक बोलाउने तयारी गरेका हुन।
संविधानका विवादित विषयमा प्रश्नावली समितिले प्रतिवेदन पेश गरेपछि दलहरुबीच सहमतिका लागि माघ २९ देखि संविधानसभा बैठक अनिश्चितकालका लागि स्थगित हुंदै आएको छ।
नागरिक समाज र दलहरुको आग्रहमा संविधानसभा स्थगित गरिएपनि सहमतिबाट परिणाम ननिस्केपछि नेम्वाङले शीर्ष नेताहरुसँग बैठक गरेर कसरी अघि बढने भन्ने निर्णय लिन खोजेका हुन।
हाम्रो समय
सहमतिका लागि दलहरुलाई चैत १५ सम्म अन्तिम मौका
0 comments
प्रतिक्रिया दिनुश
Facebook