हाम्रो समय

अब अनलाइनबाटै व्यक्तिगत विवरण दर्ता गर्न सकिने



25 Mar 2015 | 15:52pm
बुधबार ११ चैत्र, २०७१

काठमाडौँ-जन्म, मृत्यु, विवाहलगायतका व्यक्तिगत विवरण दर्ता गर्न स्थानीय निकायमा नै धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत केन्द्रीय पञ्जीकरण विभाग बुधबारदेखि सञ्चालनमा आएपछि सेवाग्राहीले आफ्ना व्यक्तिगत विवरणलाई अनलाइनबाट नै दर्ता गराउन सक्ने भएका हुन् ।

यसअघि सोसम्बन्धी कार्य पञ्जीकरण महाशाखाले गर्दै आएको थियो ।उपप्रधानमन्त्री तथा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले उक्त सेवाको शुभारम्भ गर्दै यसले सरकार र जनता दुवैलाई सहज हुने बताउँदै सरकारी तथ्याङ्कमा पनि सहयोग हुने बताए।

उपप्रधानमन्त्री सिंहले मुलुकका विभिन्न स्थानमा हुने आगलागी, बाढी पहिरोजस्ता प्रकोप व्यवस्थापनका लागि मन्त्रालयले छिट्टै नै विपद् व्यवस्थापन तथा आगलागी नियन्त्रण विभाग स्थापना गर्ने जानकारी दिए ।
मन्त्रालयका सचिव सोमलाल सुवेदीले विभिन्न नगरपालिका, गाविसजस्ता निकायलाई काम गर्न सहज हुनुका साथै यसले सही तथ्याङ्क दिने बताए।महाशाखाका महानिर्देशक बसन्तराज गौतमले सरकारले लागू गर्ने राष्ट्रिय परिचयपत्र कार्यक्रमलाई यसले मद्दत गर्ने बताए।अत्याधुनिक प्रविधिको प्रयोगबाट सुरु गर्न लागिएको सो सेवाले व्यक्तिगत विवरण दोहोरिने समस्यासमेत समाधान हुने बताइएको छ ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook