हाम्रो समय

डाक्टर केसीको स्वास्थ्य स्थिति गम्भीर



31 Mar 2015 | 13:45pm
मङ्गलबार १७ चैत्र, २०७१

काठमाडौं— मेडिकल माफियाविरुद्ध १० दिनदेखि आमरण अनसनमा बसेका डा.गोविन्द केसीको स्वास्थ्यमा तीब्र उतार चढाव हुन थालेको छ। उनको स्वास्थ्य बिग्रिएसँगै धेरै नबोल्न र भेटघाट कम गर्न चिकित्सकले सल्लाह दिएका छन्।

 

उनलाई जुनसुकै बेला जे सुकै हुनसक्ने भएको भन्दै चिकित्सकले नबोल्न आग्रह गरेका छन्। उपचारमा संलग्न डा विद्या सिंहले बोल्दा गाह्रो हुने भएकाले उनलाई धेरै कुराकानी नगर्न सल्लाह दिएकी छिन्।

स्वास्थ्य स्थिति गम्भीर बन्दै गएपछि आगन्तुकहरुलाई ढोकाबाट हेर्न दिएर फर्काउन थालिएको 'सेभ आइओएम सेभ जकेसी' टास्कफोर्सका सुमन आचार्यले नागरिकन्युजलाई बताए।

आमरण अनसनको १० औं दिनसम्म पनि सरकारले माग सुनुवाइ नगरेपछि मंगलबार एक हजारभन्दा बढी सर्वसाधारणले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भेला भएर केसीको सत्याग्रहमा ऐक्यबद्धता जनाएका छन्।

0 comments

प्रतिक्रिया दिनुश

Facebook