सभापतिमा उम्मेदवारी दिन्छु : सुजाता कोइराला
२०७१ चैत ८ गते ११:४७ मा प्रकाशित 0 1 0
८ चैत, सिरहा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले आसन्न महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
तर, वर्तमान सभापति सुशील कोइरालाले फेरि सभापतिमा उम्मेदवारी दिए आफूले पदाधिकारीमा उम्मेदवारी दिने उनले बताइन् ।
सिरहाको लहानमा नेपाल प्रेस युनियनद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा कोइरालाले भनिन्-‘सुशील कोइरालाले सभापतिमा फेरि उम्मेदवारी दिए समर्थन जनाउँदै पदाधिकारीमा उम्मेदवारी दिन्छु ।’
कोइरालाले उम्मेदवारी नदिए भगवान् आएर भने पनि आफू सभापतिमा उम्मेदवारी दिनबाट पछि नहट्ने उनको दाबी थियो ।
कोइरालाले एमाओवादी र मधेसवादी दलले संविधान जारी गर्न नदिएको आरोप लगाइन् । एमाओवादी र मधेसवादी दलले सहमति पनि गर्न नचाहेको र प्रक्रियामा जान पनि डराएकाले संविधान निर्माण कार्य ठप्प भएको उनले भनाइ थियो ।
उनले भनिन्-अब पनि लचिलो नभए प्रक्रियामा गएर भए पनि संविधान निर्माण कार्य अघि बढ्छ । यो प्रजातान्त्रिक विधिलाई कसैले गलत भन्न सक्दैन ।’
0 comments
प्रतिक्रिया दिनुश
Facebook